घुस लिएको अभियोगमा मालपोत कार्यालयका नासुलाई मुद्दा दायर



काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय कलंकीका नायव सुब्बा ईश्वरी प्रसाद पोख्रेललाई घुस लिएको अभियोगमा विशेष अदालतमा आज मुद्दा दायर गरेको छ ।

आयोगको कार्यालयबाट गएको टोलीले उनलाई सेवाग्राहीसँग नगद दुई हजार घुस लिएको अभियोग पक्राउ गरेकाे हाे । पोख्रेलले काममा ढिलासुस्ती गरी सेवाग्राहीसँग विभिन्न बहानामा घुस माग्ने गरेको पाइएको छ ।

उनले लेखापढी व्यवसायी बिश्वम्भर मैनाली र ईन्द्रावती खत्रीसँग मिलि सेवाग्राहीसँग घुस माग्ने गरेको पाइएको हो ।
आयोगले सुब्बा पोख्रेलविरुद्ध बिगोबमोजिमको कारवाहीको माग गरेको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो ।

यस्तै मालपोत कार्यालय कलंकीका खरिदार रामहरि सुवेदीले सेवाग्राही कृष्ण प्रसाद घिमिरेसँग छिटोछरितो रूपमा काम गर्ने भनि घुस रकम लिइरहेको अवस्थामा पक्राउ गरी विषेश अदालतमा मुद्दा दायर गरेको छ । सेवाग्राही कृष्ण प्रसाद घिमिरेसँग छिटोछरितो काम गर्ने भनेर एक हजार घुस लिएको पुष्टी भएको हो ।

प्रतिक्रिया दिनुहोस्