विप्लवका २ कार्यकर्ता पक्राउ



नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका २ कार्यकर्ता पक्राउ परेका छन्। पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ निवासी जिल्ला कमिटी सदस्य अतुल कुँवर र शान्ति नगरगाउँपालिका वडा नं. ५ बागढोइ निवासी उद्धव शाह रहेको प्रहरीले बताएको छ।

कुँवर प्रेसरका विरामी छन् । कुँवरलाई आइतबार राति १० बजेतिर राप्ती प्रादेशिक अस्पतालमा औषधि किन्न गएको समयमा प्रहरीले पक्राउ गरेको हो । त्यस्तै शाहलाई सोमबार बिहान ९ बजेतिर तुलसीपुरको बसपार्कबाट पक्राउ गरेको हो ।

शाह राप्ती सेवा प्रालिका कर्मचारी हुन् । शाहलाई प्रहरीले टिकट काउन्टरबाटै नियन्त्रणमा लिएको प्रत्यक्षदर्शीले बताए।

शाह विप्लवका समर्थक मात्रै रहेको स्रोतले बताएको छ। कुँवर साहरा यातायात प्रालिको सञ्चालक समितिका पदाधिकारी रहेको खुल्न आएको छ ।

आफ्ना कार्यकर्ता पक्राउ परेको बारेमा विप्लव नेकपाले कुनै प्रतिक्रिया जनाएको छैन।

प्रतिक्रिया दिनुहोस्