उद्योग बाणिज्य संघले दशैं बजार सञ्चालन गर्ने



यमलाल भुसाल, बुटवल । बुटवल उद्योग बाणिज्य संघले दशैं बजार सञ्चालन गर्ने भएको छ । हिन्दुहरुको महान पर्व विजया दशमीको अवसर पारेर यहि आश्विन १२ देखि घटस्थापनादेखि ५ दिनसम्म दशैं सस्तो बजार सञ्चालन गर्ने निर्णय गरेको हो ।

आईतबार बसेको संघको कार्यसमिति बैठकले उपभोक्तालाई सहज र सुलभ मुल्यमा दैनिक उपभोग्य बस्तु बिक्रि वितरण गर्नेगरी दशैं बजार सञ्चालन गर्ने निर्णय गरेको हो ।

दशैं बजारमा दैनिक उपभोग्य सामानहरु खाध्यान्न, चिनी, नुन, तेल, दाल लगायतका सामाग्रि राखिने छ । संघको सचिवालय परिषर बालमन्दिरमा सञ्चालन गरिने दशैंबजारमा नयाँ नोटको सटही सुबिधा समेत उपलब्ध गराईने संघका कार्यसमिति सदस्य तथा दशैं बजारका संयोजक नरिश्वर शर्मा पौडेलले जानकारी दिनुभयो ।

उपभोक्तालाई सहज र सुलभ मुल्यमा दैनिक उपभोग्य सामग्री उपलब्ध गराउनकालागि संघले विगत देखि नै दशैं बजार सञ्चालन गर्दै आएको र यस पटक पनि दशैं बजार सञ्चालन गर्ने निर्णय गरि तयारीमा जुटेको संघका अध्यक्ष खिमबहादुर हमालले बताउनु भयो । दशैं बजारमा आउने उपभोक्तालाई त्यहाबाट बिक्रि हुने सामानमा बिशेष छुट प्रदान गरिने संघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्