पश्चिमाञ्चल यातायात कम्पनीकाे नयाँ नेतृत्व चयन



यमलाल भुसाल, बुटवल । पश्चिमाञ्चल यातायात सेवामुलक कम्पनी प्रालिका संस्थापकहरुको तदर्थ समितिको पहिलो साधारण सभाले यम प्रसाद पाण्डेको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ ।

पाण्डे पश्चिमाञ्चल यातायात समितिका पनि अध्यक्ष हुनु हुन्छ । कम्पनीको सोमवार बुटवलमा भएको साधारण सभाले तदर्थ समितिका अध्यक्ष टिकाराम गौतम,लोक राज पोखरेल, गणेश घिमिरे, वसन्त खडका, हरि रिमाल, गौपाल न्यौपाने, खगराज गौतम, प्रेम श्रेष्ठ, हुम बहादुर जिसी, महेन्द्र कार्की, खिम बहादुर थापा, र कृष्ण ठकुरीलाई संचालकमा चयन गरेको छ ।

साधारण सभाले कम्पनीको वरिष्ठ सल्लाहकारमा जीत बहादुर भाट र प्रताप बहादुर कार्कीलाई चयन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्