साइबर आक्रमणमा चीन संलग्न रहेको अष्ट्रेलियाको निष्कर्ष



अष्ट्रेलिया । अष्ट्रेलियाको गुप्तचर संस्थाले राष्ट्रिय संसद र तीन ठूला राजनीतिक दलमाथि गरिएको साइबर आक्रमणमा चीनको संलग्नता रहेको निष्कर्ष निकालेको छ । मेमा हुने आम निर्वाचनअघि ३ वटा मुख्य राजनीतिक दल र राष्ट्रिय संसदमा साइबर हमला गरिएको थियो । यसमा ५ जनाको संलग्‍नता रहेको बताइएको छ ।

अष्ट्रेलियाको साइबर इन्टेलिजेन्स एजेन्सी अर्न्तगतको अष्ट्रेलियन सिग्नल डाइरेक्टोरेट एएसडीले मार्च गरिएको साइबर आक्रमणमा चिनियाँ सुरक्षा मन्त्राललय संलग्न रहेको निष्कर्ष निकालेको छ । अनुसन्धानका क्रममा उक्त मन्त्रालयका पाँचजना संलग्न भएको रोयर्टसलाई जनाएको छ ।
सुरक्षा संवेदनशीलताका लागि पाँच जनाको नाम भने गोप्य राखिएको जनाइएको छ । बेइजिङसँगको व्यापार सम्बन्धलाई विघटन हुनबाट जोगाउनका लागि अनुसन्धानका क्रममा भेटिएका विस्तृत तथ्यलाई गोप्य राखिएको अष्ट्रेलियन विदेशमन्त्रालयले जनाएको छ ।

अष्ट्रेलियन प्रधानमन्त्री स्कोटिश मोरिसनले पनि यस विषयमा कुनै प्रतिक्रिया दिन अस्वीकार गरेका छन् । चिनियाँ विदेश मन्त्रालयले भने उक्त हमलामा आफ्नो कुनै संलग्नता रहेको प्रतिक्रिया दिएको छ ।
एजेन्सी

प्रतिक्रिया दिनुहोस्