फुटसलको उपाधि एलएलाई



काठमाडौं, (नेस)। लिटिलएन्जल्स (एलए) स्कुलले पहिलो संस्करणको मणि शाह स्मृति अन्तर विद्यालय फुटसल प्रतियोगिताको उपाधि जितेको छ। आइतबार भएको फाइनल खेलमा एलएले माउन्टग्लोरी स्कुललाई ४–२ गोल अन्तरले हराउँदै ट्रफी उचालेको हो।

टोलीको जितमा सिद्धान्त ठाकुरले २ गोल गर्दा मुनाल थापा र विकास पुनले एक–एक गोल थपेका थिए। माउन्टग्लोरीका एलेक्स पौडेल र संजय लामाले एक–एक गोल फर्काएका थिए। विजेता टोलीले २५ हजार र उपविजेता टोलीले १५ हजार नगद प्राप्त गरेका छन्।

व्यक्तिगत पुरस्कारतर्फ एलएको एकाधिकार रह्यो। जसमा प्रतियोगिताको सर्वोकृष्ट खेलाडी विसम पुनले हात पार्दा उत्कृष्ट गोलकिपरमा आकाश राई चुनिए। त्यस्तै प्रतियोगिता अवधिभर ४ खेलबाट ९ गोल गरेका सिद्धान्त ठाकुरले उच्चतम गोल कर्ताको उपाधि जिते।

विजेता टिम तथा खेलाडीलाई प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेशकुमार सिलवाल, प्रिन्सिपल मुकुन्द शर्मा, स्वर्गीय शाहकी धर्मपत्नी नविना शाहलगायतले पुरस्कार वितरण गरेका थिए।

प्रतिक्रिया दिनुहोस्