पेट्रोल बम प्रहार



बेइजिङ, (एजेन्सी)।चीनको विशेष प्रशासकीय क्षेत्र हङकङका प्रहरीले आइतबार त्यहाँका सरकारी भवनमा पेट्रोल बम र इँटा प्रहार गरिरहेका प्रदर्शनकारीलाई तितरवितर गर्न पानीको फोहरा र अश्रुग्यास प्रहार गरेको छ।

प्रदर्शन निषेधित क्षेत्रमा अचानक हजारौं संख्यामा प्रजातन्त्र समर्थक प्रदर्शनकारी प्रवेश गरेपछि हिंसात्मक स्थिति सिर्जना भएको हो।

सन् १९९७ मा बेलायतले हङकङ चीनलाई हस्तान्तरण गरेका बेला स्वतन्त्रताको ग्यारेन्टी दिइएको सम्बन्धमा बेलायतलाई दबाव दिन बेलायती नियोगसामु त्यसअघि सयौं व्यक्तिले र्याली गरेका थिए। प्रस्तावित सुपुर्दगी विधेयकलाई लिएर हङकङमा राजनीतिक तनाव शुरू भएको हो।

प्रतिक्रिया दिनुहोस्