युद्धको खतरा



इस्लामावाद, (एजेन्सी)।पाकिस्तानका प्रधानमन्त्री इमरान खानले काश्मिर मुद्दालाई लिएर भारतसँग अर्को युद्धको सम्भावना प्रवल रहेको बताएका छन्।

अल जजिरालाई दिएको अन्तरवार्तामा दुई परमाणु शक्ति सम्पन्न देशबीच कुनै ठूलो संघर्ष वा युद्धको खतरा छ, भन्ने प्रश्नको जवाफमा इमरानले दुई देशबीच युद्धको खतरा रहेको बताएका थिए।

छिमेकीका रूपमा पाकिस्तानको चीनसँगको सम्बन्ध ऐतिहासिकरूपमा निकट रहेको तर भारतसँग निक्कै तल्लो स्तरमा पुगेको उनले बताए।

काश्मिरमा ८० लाख मुसलमान विगत ६ हप्तादेखि कैदीका रूपमा रहेको उनले बताए। आफू युद्ध विरोधी रहेको र युद्ध कसैको समाधान नभएको उनले बताए।

प्रतिक्रिया दिनुहोस्