गुप्तांगको रौं खौरिने महिला खतरामुक्त



न्युयोर्क, (एजेन्सी)।अमेरिकामा छात्राहरूले हालै गरेको स्वास्थ्य सम्बन्धी एक अध्ययनअनुसार नियमितरूपमा आफ्ना गुप्तांगका रा हटाउनेलाई गनोरिया वा क्लामिडिया नामक यौन रोग लाग्ने खतरा कम रहेको पत्ता लगाएका छन्।

विगतमा गरिएका अनुसन्धानले यसरी गुप्तांग वरपरका रांै खौरिँदा वा वाक्सिंग गरी उखेल्दा छालामा घाउ चोटपटक लाग्ने हुँदा यौ संक्रमित रोग लाग्न सक्ने खतरा धेरै भएको चेतावनी दिने गरेका थिए।

यौन संक्रमण (एसटीआई )को उपचार नगरिएको खण्डमा गर्भवती हुन धेरै ैकठिन हुने गर्दछ। ंयसबाट बच्ने उत्तम उपाय भनेकै कन्डम प्रयोग गरेर यौन सम्पर्क राख्नु हो। युवामा र त्यसमाथि पुरुषसँग यौन सम्पर्क राख्ने पुरुषलाई एसटीआई लाग्ने खतरा बढी छ।

यसको उपचारमा प्रायजसो एन्टिवायोटिक्स प्रयोग हुने गर्दछ। अमेरिकाको ओहाइयो स्टेट युनिभर्सिटीमा २ सय १४ जना महिलामाथि कति पटक र कति परिमाणमा गुप्तांगका रांै खौरिने गर्छौ भन्ने प्रश्न सोधिएपछि तिनीको एसटीए परीक्षण गरिएको थियो।

ती मध्ये ५३ प्रतिशतले गत वर्षदेखि हरेक साता सम्पूर्ण रौं खौरिने गरेको र १८ प्रतिशत महिलाले गत महिनादेखि मात्र यसरी रांै हटाउँदै आएको जाबाफ दिएपनि १० प्रतिशतमा मात्र गनोरियाको समस्या देखिएको पाइएको थियो।

तिनीहरु मध्ये अधिकांशले गैर विद्युतिय रेजर प्रयोग गरी रौं हटाउने गरेको बताएका थिए। अनुसन्धानकर्ताले नियमितरूपमा रांै खौरिनु र एसटीआइबीच कुनै सम्बन्ध नरहेको बताएका छन्।

अनुसनधान कर्ताले यौन सम्पर्कको पटक, आयआर्जन, जाति र उमेलाई समेत आधार मानेर अध्ययन गरिएकाले अनुसन्धान निकै भरपर्दो रहेको दाबी गरेका छन्।

प्रतिक्रिया दिनुहोस्