स्काभेटरको ठक्करबाट वृद्धको मृत्यु



संखुवासभा, (नेस)।संखुवासभाको खाँदबारी–८ मा सडक निर्माण गर्ने क्रममा स्काभेटरको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ।

जिल्लाको तुम्लिङटारदेखि चेवाबेंसीसम्मको सडक मर्मत गर्ने क्रममा स्काभेटर पछाडि सार्दै गर्दा खाँदबारी–७ पीपलटारका ९० वर्षीय सवरबहादुर राईलाई ठक्कर दिएको प्रहरीले जनाएको छ।

स्काभेटरको ठक्करबाट सतक् घाईते भएका बृद्ध राईको खादवारी ९ स्थित तुम्लिङटारको मनकामना अस्पतालमा उपचारकै क्रममा आज आईतवार मृत्यू भएको जिल्ला प्रहरी कार्यालय खादवारीका ईन्सपेक्टर सन्तोस कुमार राईले बताउनुभयो।

स्काभेटर चालक भोजपुर अरुण गाउपालीका ३ का २८ वषिय टिकाराम कार्कीलाई पक्राउ गरिएकोे प्रहरीले जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्