शैक्षिक कर्ममा संलग्न हुन आग्रह



काठमाडौं, (नेस)। त्रिवि सेवा आयोगका अध्यक्ष प्राडा. लालुप्रसाद पौडेलले विश्वविद्यालयका विभिन्न निकायका लागि आवश्यक जनशक्ति सिफारिस गर्न आफूहरू प्रयत्नशील रहेको भन्दै सम्पूर्ण विज्ञापनसम्बन्धी कार्यहरू दु्रतगतिमा अघि बढाउन लागिपरेको बताउनुभएको थियो।

त्रिविका रजिष्ट्रार डिल्लीराम उप्रेतीले बीपी कोइराला लायन्स नेत्र अध्ययन केन्द्रलाई योगदान गर्नुहँुदै सबै अग्रजलाई स्मरण गर्दै आगामी दिनमा थप कार्यक्रम विस्तार गर्दै केन्द्रलाई थप उत्कृष्ट शैक्षिक एवं स्वास्थ्य संस्थाको रूपमा अघि बढाउन सुझाव दिनुभयो।

उहाँले विश्वविद्यालय निश्चित दरबन्दी र सीमामा बाँधिएको हुँदा नयाँ शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्नु पूर्ण निश्चित योजना निर्माण गरी आवश्यक जनशक्तिको बारेमा पनि अनुसन्धान गर्न आग्रह गर्नुभयो।

राष्ट्रिय विश्वविद्यालयका नाताले सबै विषयहरू पढनपाठन गर्नुपर्ने दायित्वबाट त्रिवि पन्छिन नमिल्ने हुँदा दरबन्दी निर्धारण गर्न सरकारवाट सहयोगको आवश्यक हुने भन्दै उहाँले जनशक्ति आपूर्तिको लागि आफूहरू लागिपरेको विचार व्यक्त गर्नुभएको थियो।

यसैगरी राष्ट्रिय चिकित्सा विज्ञान अध्ययन प्रतिष्ठानका उपकुलपति प्राडा. डीएन शाहले बीपी कोइराला लायन्स नेत्र अध्ययन केन्द्र आँखाको रोगको उपचार गर्ने अन्तराष्ट्रिय दक्षता भएको संस्था भएको भन्दै यसले उपचार र अध्ययन–अध्यापनमा खेलेको महत्वपूर्ण भूमिकाको प्रशंसा गर्नुभयो कार्यक्रममा बीपी कोइराला लायन्स नेत्र अध्ययन केन्द्रका कार्यकारी निर्देशक प्राडा. आनन्दकुमार शर्माले केन्द्रको वार्षिक प्रगति विवरण पेस गर्नुभएको थियो।

त्रिभुवन विश्वविद्यालय बीपी कोइराला लायन्स नेत्र अध्ययन केन्द्रले सफलताको २३औं वर्षमा पुगेको छ। २३औं वर्ष पुगेको उपलक्ष्यमा अध्ययन केन्द्रले वार्षिक दिवस समारोह सम्पन्न गरेको छ।

त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानअन्तर्गत रहेको वीपी कोइराला लायन्स नेत्र अध्ययन केन्द्रले अध्यापन र उपचार सेवा दुवै सेवा सञ्चालन गरिरहेको छ।

१० प्राध्यापक र ४८ जना प्राविधि एवं प्रशासनिक कर्मचारी रहेको लायन्स नेत्र अध्ययन केन्द्रले यस वर्ष ओपीडी सेवामा १८ हजार र ल्याब सेवामा २६ हजार बिरामीको उपचार सम्पन्न गरेको छ।

वार्षिक दिवस समारोहलाई सम्बोधन गर्दै त्रिविका उपकुलपति प्राडा. सुधा त्रिपाठीले सेवाग्राही बिरामीलाई सन्तुष्टि हुने गरी सेवाभावका साथ स्वास्थ्य एवम् शैक्षिक कर्ममा संलग्न हुन कर्मचारीलाई आग्रह गर्नुभएको थियो।

यस केन्द्र बाहिर र भित्रै दुवै दृष्टि दिने महत्वपूर्ण जिम्मेवारीमा रहेको भन्दै उहाँले संस्थाको गरिमा र आत्मबल अघि बढाउन पदाधिकारीको हैसियतले आफूहरू सधै सकारात्मक र सहयोगी हुँदै आइरहेको समेत बताउनुभएको थियो।

प्रतिक्रिया दिनुहोस्