स्वास्थ्य शिविर सम्पन्न



काठमाडौं, (नेस)। सत्य साई केन्द्र कुलेश्वरले विभिन्न सामाजिक संघसंस्थाको सहकार्यमा कुलेश्वर वरिपरिका विपन्न महिलाहरूका लागि पाठेघर क्यान्सर रोग पहिचान गराउने अभियान शनिबार आयोजना गरेको छ।

पाठेघरको क्यान्सर रोग पत्ता लगाउने सो पाप स्मेर टेस्ट क्याम्पको स्वास्थ्य शिविरमा नेपाल अर्बुद रोग निवारण संस्था, काठमाडौं शाखाले आवश्यक मेडिकल सामग्री प्रदानसमेत गरेको थियो।

यस्तै छत्रपाटी निःशुल्क चिकित्सालयले जनशक्तिको सहयोग गरेको थियो। सो स्वास्थ्य शिविरमा डा. चन्द्रलक्ष्मी श्रेष्ठ, डा. रीमा श्रेष्ठ र नर्सहरू तथा सम्झना ल्याबोरेटोरी क्लिनिक प्रालिकी डा. विज्ञा श्रेष्ठ र नर्स रेखा थापाले सेवा प्रदान गर्नुभएको थियो।

उक्त कार्यक्रमा नेपाल अर्वुद रोग निवारण संस्था काठमाडौं शाखाका सभापति अजय सिंह सुवालले यस्ता स्वास्थ्य शिविरहरूको अलावा स्तन तथा पाठेघर क्यान्सर रोगसम्बन्धी जनचेतनामूलक कार्यक्रम शहरी र ग्रामीण क्षेत्रमा अझ बढी तीव्र रुपमा आयोजना गरिने जानकारी दिनुभएको थियो।

प्रतिक्रिया दिनुहोस्