सुत्केरी महिलाको मृत्यु



विनोद सिंह विष्ट–बैतडी। बैतडीको दुर्गम शिवनाथ गाउँपालिकामा आइतवार एक सुत्केरी महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा शिवनाथ गाउँपालिका १ गाउँसल्लाका दानसिंह चाँडकी २१ बर्षीया श्रीमती गौमती चाँड रहेकी जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

स्थानीय सामुदायिक स्वास्थ्य इकाई तेर्छाबाटामा शिशु जन्माएर गौमतीको मृत्यु भएको हो । गएरातीदेखि सुत्केरी व्यथा लागेर इकाइमा आज दिउँसो शिशुको जन्म दिएको थियो ।

शिशुको जन्माउने बितिक्कै महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ । जन्मिएको शिशुको अवस्था भने सामान्य रहेको बताईएको छ ।

मृतक महिलाका श्रीमान रोजगारीको लागी भारतमा रहेका शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साँउदले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्