किन बिग्री हुदैंनन् अनुसन्धानमूलक पुस्तक ?



काठमाडौं ।सरकारी तथ्याङ्कअनुसार नेपालमा पुस्तक व्यापारको कारोबार वार्षिक ४ अर्बको हाराहारीमा रहेको छ । एउटा नेपालीले १ वर्षमा करिब १४० रुपैयाँ मात्र पुस्तक किन्नमा खर्च गर्छ ।

यी पुस्तकहरुमा विद्यालय र कलेजका पाठ्यक्रम, लोकसेवा आयोगका गाइड र व्यवसायिक पुस्तकहरु प्रमुख रूपमा रहेका छन् । अनुसन्धानमूलक पुस्तक, साहित्यिक पुस्तक र शोधहरुमा भने एउटा नेपालीले २० रुपैयाँ पनि खर्च नगरेको देखिन्छ ।
अचम्मको कुरा त के हो भने मुलुकमा पाठ्यपुस्तक र गाइडको बिक्री १० वर्षमा झण्डै २ गुणा बढेको छ । तर अनुसन्धानमूलक र साहित्यिक पुस्तकको बिक्री भने १० वर्षको अवधिमा घटेको घट्यै छ ।

यो तथ्याङ्कले साक्षरताको सङ्ख्या बढे पनि अध्ययनशील व्यक्तिहरुको सङ्ख्या नेपालमा घटेको देखाउँछ । देश संघीयतामा गएपछि गाउँ-गाउँमा अध्ययनशील र शिक्षित व्यक्तिहरुले जनप्रतिनिधिलाई खबरदारी गर्नुपर्नेमा केवल सर्टिफिकेट बोकेका व्यक्तिहरु बढेको स्पष्ट देखिन्छ । महत्वपुर्ण पुस्तक बिक्री नहुने, तर सामान्य साहित्यिक पुस्तकले बजार ओगटिरहनुले पनि यही तथ्यांकले बताउछ ।

अहिले अर्थमन्त्री डा. युवराज खतिवडाले विदेशबाट आयात हुने पुस्तकहरुमा १० प्रतिशत भन्सार दर निर्धारण गरेपछि बौद्धिक व्यक्तिहरु चिन्तित भएका छन् । उनीहरुको विचारमा बौद्धिक जमात फैलाउने सबैभन्दा सजिलो माध्यम नै विदेशबाट आउने यिनै पुस्तकहरु हुन् । यिनै पुस्तकहरुमा कर लगाएपछि नेपालमा गम्भीर पुस्तक पढ्नेहरु अझ घट्ने उनीहरुको विश्लेषण छ ।

अहिले नेपाल राष्ट्रिय पुस्तक बिक्रेता तथा प्रकाशक संघको नेतृत्वमा विभिन्न किसिमका विरोध कार्यक्रम भइरहेका छन्

प्रतिक्रिया दिनुहोस्