दुबई जुनियर इन्टरनेशनल ब्याडमिन्टनको उपाधि प्रिन्सलाई



काठमाडौँ । नेपालका प्रिन्स दाहालले संयुक्त अरब इमिरेटस् (युएई)मा जारी दुबई जुनियर इन्टरनेशनल ब्याडमिन्टन सिरिजअन्तर्गत यु–१९ ब्वाइजतर्फको स्वर्ण पदक जितेका छन् । उनले छुट्टाछुट्टै प्रतिस्पर्धामा दुई रजत पदकसमेत जितेका छन् ।

आज भएको फाइनल खेलमा उनले भारतीय खेलाडी वरुण कपुरलाई २–० सोझो सेटले पराजित गरेका हुन् । उनले कपुरलाई २१–१९ र २१–१९ अङ्कले हराए । प्रिन्स सेमिफाइनलमा भारतीय खेलाडी वसन्तकुमार राजेन्द्रनलाई पराजित गरी फाइनल पुगेका थिए । उनी गत वर्ष सम्पन्न दुबई जुनियर इन्टरनेशनल ब्याडमिन्टन सिरिजको यु–१५ ब्वाइजका विजेतासमेत हुन् ।

यस्तै दुबई जुनियर इन्टरनेशनल ब्याडमिन्टन सिरिजको यु–१९ मिक्स डबल्सतर्फ प्रिन्स र सानिया चन्दको जोडीले रजत जितेका छन् । यस्तै यु–१९ ब्वाइज डबल्समा समेत प्रिन्सले युएईका नवहान नजिवसँग मिलेर रजत पदक प्राप्त गरेका छन् ।
रासस

प्रतिक्रिया दिनुहोस्