आँचल शर्मासँग प्रेम सम्बन्धकाे बारेमा पलले लेखे यस्तो स्टाटस



काठमाडौं । नायिका आँचल शर्मासँग प्रेम सम्बन्धमा रहेको भनिएका चर्चित नायक पल शाहले आफुहरु प्रेममा नरहेको दाबी गरेका छन् । आँचलले डा. उदिप श्रेष्ठ आफ्नो प्रेमी भएको सार्वजनिक गरेपछि पलको यस्तो प्रतिक्रिया आएको हो ।

पलले आँचल प्रेमिका नरहेको भन्दै एक असल साथी मात्रै रहेको स्पष्ट पारेका छन् । आँचल र आफ्नो नाम जोडेर आइरहेका प्रतिक्रियाप्रति दुःख व्यक्त गरेका पलले अब आफ्नो र आँचलको नाम जोडेर कुनै पनि कमेन्ट वा प्रतिक्रिया नदिन अनुरोध गरेका छन् ।

मेरो शुभचिन्तकहरुले लगातार प्रश्न गरिरहनु भएको छ, म यहाँहरुलाई स्पष्ट पार्न चाहन्छु की आँचल र म सधै राम्रो साथि थियौं र रहने छौ । केहि दिन देखी सामाजिक सन्जालहरुमा आचललाई गाली गलौज गरेको देखिरहेको छु यसैले उहाको नयाँ जिबन र हाम्रो मित्रता लाई गलत बुझेर सामाजिक सन्जालमा उहाँलाई गाली नगरिदिनु होला ।

उहाँको नयाँ जिबनको खबरलाई म संग जोडेर सामाजिक संन्जालमा कमेन्ट नगरिदिनु होला । साथि हौँ त्यो भन्दा माथि केहि थिएन । म आफ्नो करियरमा फोकस गरिराखेको छु । तपाईहरुलाई हरेक पटक राम्रो चलचित्र दिने मेरो प्रयासमा हजुरहरुको यस्तो मायाको सधै अपेक्षा गर्दछु । हामी दुई असल जोडी थियौ छौ रहनेछौ ।

अन्तमा उहाँको आफ्नो जिबनबारे बिषयमा मलाई नजोडिदिनु हुन मेरा शुभचिन्तकहरुलाई हार्दिक अनुरोध गर्दछु

प्रतिक्रिया दिनुहोस्