ठूला भ्रष्टाचारमा सरकारको संलग्नता भएकाे घनश्याम भुसालकाे आरोप



Interview with Nepal Communist Party (NCP) standing committee member Ghana Shyam Bhusal, in Kathmandu, on June 7, 2019. Photo: Naresh Krishna Shrestha/THT

न्युज अफ नेपाल, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता घनश्याम भुसालले ठूलो रकमको भ्रष्टाचार सरकारको संलग्नता रहेको आरोप लगाएका छन् ।

बीपी कोइरालाको १०६ औं जन्मजयन्तीको अवसरमा आइतबार काठमाडौंमा भएको कार्यक्रममा भुसालले ५० करोड रुपैयाँभन्दा बढीको घोटाला सरकारको स्वीकृतिमै हुने गरेको आरोप लगाए ।

भ्रष्टाचारका ठूला काण्डहरुमा सरकार र प्रतिपक्षीले कुनै प्रश्न नगर्ने भुसालको भनाइ थियो । सरकारमा रहेकाहरुले आफ्नो अहंकार प्रदर्शन गर्दै संविधानप्रतिको दायित्व पूरा नगर्ने हो भने लोकतन्त्र खतरामा पर्र्ने पनि उनले औंल्याए ।

कार्यक्रममा कांग्रेसका नेता प्रदीप गिरिले नेपालमा लोकतन्त्र साँच्चै नै खतरामा परेको बताए । संसदभित्र विभिन्न विषयमा विवाद हुने गरेको र सर्वोच्च अदालतले समेत त्यस्ता विषयलाई टुङ्ग्याउन नसकेको भन्दै गिरिले संसदप्रति जनताको विश्वास घटेर जाने खतरा आएको बताए ।

प्रतिक्रिया दिनुहोस्