विदेशी सेनालाई अफगानिस्तानबाट फिर्ता जान अनुराेध



काबुल तालिबानी विद्रोही समूहले यदी अमेरिका वार्ताको लागि तयार नभए आफूहरु १ सय वर्षसम्म पनि लड्न तयार रहेको चेतावनी दिएको छ ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले तालिबानविरुद्ध कडा अभिव्यक्ति दिएको केही दिनमै तालिबानी समूहका १ नेताले यस्तो चेतावनी दिएका हुन् । गत साता मात्रै तालिबानी समूहको आक्रमणबाट अमेरिकी सुरक्षाकर्मी मारिएपछि ट्रम्पले अब वार्ताको औचित्य सकिएको प्रतिक्रिया दिएका थिए ।

हालै तालिबानी १ प्रतिनिधि रुसी अधिकारीसँग मस्कोमा वार्ता गरेका थिए । ती नेताले अफगानिस्तानमा आफूहरुले शान्ति चाहने तर यदी अमेरिकाले नचाहेमा आत्मरक्षाको लागि आफूहरु १ सय वर्षसम्म लड्नसक्ने प्रतिक्रिया दिएका हुन् ।

‘हामी अझै प्रतिबद्ध छौँ, हामी अफगानिस्तानमा शान्ति चाहन्छौँ र विदेशी सेनालाई अफगानिस्तानबाट फिर्ता जान सहज बाटो पनि देखाइदिन्छौँ,’ शेर मोहम्मद अब्बासले रुसको एक टेलिभिजनसँग भने ।

एजेन्सी

प्रतिक्रिया दिनुहोस्