छ देशका नगर प्रमुख सहितको टोली भक्तपुरमा



पुष्कर बुढाथोकी, भक्तपुर ।
ईन्द्रजात्रा अवलोकन गर्न आमन्ण गरिएका बिश्वका बिभिन्न देशका नगर प्रमुख र प्रतिनिधिले विश्व सम्पदा सुचिमा सुचिकृत भक्तपुर दरबार क्षेत्रको विभिन्न सम्पदा र पाँचतले मन्दिर अवलोकन गरेका छन् ।
काठमाडौं महानगरपालिकाको पहिलो र औपचारिक निमन्त्रणामा ईन्द्रजात्रामा सहभागी हुन नेपाल आउनुभएका विदेशी पाहुनाहरूले आज भक्तपुरको भ्रमण गर्नुभएको हो

ईन्द्रजात्रा हर्न आएका ६ देशका नगर प्रमुखहरुले आज भक्तपुर नगरपालिकाको बिश्व प्रसिद्ध सम्पदा क्षेत्रहरुको अवलोकन गरेका हुन् ।
अवलोकन भ्रमणमा चीनको लान्जाउ सिटीका मेयर जियाङ सियावहोङ, भूटानको थिम्पू नगरका मेयर किन्ले दोर्जी, भारतको नर्थ दिल्ली नगरपालिकाका मेयर सरदार अवतार सिंह लगायत अमेरिका र जापानका दश शहरबाट नेपाल आएका पदाधिकारीहरू सहित ४० जनाको समुह अवलोकमा सहभागी रहेका थिए ।

भक्तपुर आइपुगेका चीन, अमेरिका, भुटान, बंगलादेश र जापानका प्रमुख सहितले भक्तपुरको दरवार क्षेत्र , पाँचतले मन्दिर हुँदै पैदल यात्र गर्दै दत्तात्रय मन्दिर क्षेत्रका सम्पदाको अवलोकन गरेका थिए ।
भक्तपुर दरवार क्षेत्रमा ५५ झ्याले दरवार, लुँःध्वाका, तलेजु, निर्माणाधिन फसी देग, पशुपति महादेव लगायतका दरवार क्षेत्रमा रहेको दरवार, मठ मन्दिरहरुको अवलोकन गरे ।

त्यस पछि तःमारहीमा ङातापोल्ह मन्दिर, भैरव मन्दिर लगायत वरीपरीका सम्पदाहरुको अवलोकन गर्नु भयो । त्यहाबाट क्वाछेँ, सुकुल ढोका, गोःमारही, ईनाचो हुदै तचपाल स्थित भिमसेन मन्दिर, दत्तात्रय मन्दिर, म्हैखा झ्यो (मयुर झ्याल) अवलोकन गरि च्याम्हासिँह सम्म पैदल हिडेर फर्किनु भएको हो ।

भ्रमणमा महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, उपमेयर हरिप्रभा खड्गी श्रेष्ठ समेत सहभागी हुनुहुन्थ्यो । विदेशी पाहुनाहरुलाई भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापति र उपमेयर रजनी जोशी सहितको टोलीको विदेशी पाहुनाको स्वागत गर्नुभई भक्तपुरको विश्व सम्पदा क्षेत्रमा पर्ने दरबार स्क्वाएर र पाँचतले मन्दिर र भक्तपुरको कला संस्कृतिको महत्वको विषयमा भ्रमण टोलीलाई जानकारी गराउनुभएको थियो ।

भक्तपुर नगर प्रबेशसँगै आएका पाहुनाहरुका लागि भक्तपुर नपाका तर्फबाट प्रमुख प्रजापति र उप प्रमुख जोशीले पुरुष अतिथिका लागि भादगाउँले टोपी र महिला अतिथिका लाथि सुर्के थैली उपहार दिएर स्वागत गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्