हाईल्याण्ड मा.विले मनायो बालदिवश



सरस्वति न्यौपाने, रसुवा । सुनिश्चि बाल अधिकारः समृद्ध नेपालको आधार भन्ने नाराका साथ गोसाईकुण्ड गाउँपालिका६ धुन्चे स्थित हाइल्याण्ड मा.वि. ले पनि विविध कार्यक्रम सहित बालदिवश मनाएको छ ।

हाइल्याण्ड मा.वि.का संस्थापक तथा प्रबन्ध निर्देशक तिर बहादुर गुरुङका अनुसार यस विद्यालयले बजार परिक्रमा सहित विभिन्न प्रतियोगिता गरी विद्यार्थीहरुमा थप हौसला प्रदान गर्न पुरस्कार वितरण गरिएको बताए उनले भने बालबालिकाहरुलाई डर त्रासमा होइन माया र हौैसला ले अगाडी बढाउन सकिने बताए ।

नेपालले संयुक्त राष्ट्र संघको बाल अधिकार महासन्धिलाई २०७४ साल भदौ २९ गते अनुमोदन गरेको थियो हरेक वर्ष मनाउदै आएको ले रसुवामा पनि मनाउदै आएको हो । आइल्याण्ड मा.वि. रसुवा मा.वि. लगाएत जिल्ला स्थित सबै शिक्षण संस्थाहरुले मनाएका छन ।

नेपालको बाल दिवश रत्न राज्य लक्ष्मी देवी शाहको पालबाट मनाउन थालिएको हो । उनी भारत भ्रमण गर्ने क्रममा महात्मा गन्धी को जन्म दिनमा बाल दिवश मनाउने गरेको देखे पछि उताबाट फर्के लगतै भदौ ४ गते नेपालमा पनि बाल दिवश मनाउने सुरुवात गरिएको राष्ट्रिय बाल दिवश २०६३ सालबाट भदौ २९ गते बाट मनाउनु सुरु गरियो ।

प्रतिक्रिया दिनुहोस्