कोटेश्वरको जाम छिटै न्युनिकरण हुन्छः पुर्वमन्त्री बस्नेत



पुष्कर बुढाथोकी, भक्तपुर । पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले कोटेश्वरको जाम छिटै न्युनिकरण हुने बताउनुभएको छ ।उहाँले आगामी एक महिना भित्रमा काठमाडौँ र भक्तपुर जोड्ने त्रिपुरा संगमको रुपमा रहेको मनोहरामा वेलिव्रिज सञ्चालनमा ल्याई कोटेश्वरदेखी जडिवुटीको सवारी जामलाई न्युनिकरण गरिने बताउनुभयो ।

मध्यपुर थिमी नगरपालिका वडा नं. १ स्थित मनोरम पार्कमा नेपाल प्रहरी मध्यपुर थिमी वृत्त र मनोरम समाजले संयुक्त रुपमा आयोजना गरेको सामुदायीक प्रहरी साझेदारी कार्यक्रम अन्तरगत शान्ति सुरक्षा, विकास निर्माण र डेंगु रोग नियन्त्रण सम्बन्धमा जनचेतनामूलक कार्यक्रममा बोल्दै सांसद बस्नेतले त्रिपुरा संगमको बेलिव्रिज सञ्चालन भएसँगै आम उपत्यकावासीको सवारी जामले लामो समय वर्वाद हुने दिनको अन्त्य हुने बताउनुभयो ।

भक्तपुरमा निर्माणाधिन हनुमन्ते नदीको कोरिडोर भक्तपुरवासीको जीवनसँग जोडिएको बताउँदै उहाँले भक्तपुरको विकास कसैले चाहेर नरोकिने बताउनुभयो ।

भक्तपुरमा अरनिको हाइवेलाई ग्रीनरी, जाममुक्त, स्तरउन्नती लगायतका कार्यहरु भइरहेको बताउँदै उहाँले अरनिको हाइवे भक्तपुरका जनताको जीवनसँग जोडिएको बताउनुभयो ।

जगटीएको राज्यको प्रशासनिक संयन्त्रका कारण विकास निर्माणमा केही ढिलाई भइरहेता पनि आगामी दिनमा उक्त संयन्त्रलाई क्रमिक रुपमा तोड्दै समृद्ध नेपाल सुखी नेपालीको सरकारको अभियानलाई सार्थकतामा पुर्याउन सक्नुपर्ने बताउनुभयो ।

विभिन्न राम्रा तथा अपराधिक गतिविधिलाई प्रहरीले नियन्त्रण गर्न सफल भएको उदाहरण प्रस्तुत गर्दै सांसद बस्नेतले कुनै पनि सामाजिक, आर्थिक समृद्धि तथा विकासमा प्रहरी सामुदायीक कार्यक्रम प्रभावकारी भएको बताउनुभयो । मानिसको चेतनाको विकासले नै डेङ्गु नियन्त्रण हुन सक्ने बताउँदै उहाँले यसमा सरकारको मात्र मुख ताक्न नहुने उल्लेख गर्नुभयो ।

कार्यक्रममा प्रदेश नं. ३ का सांसद डा. राजेन्द्रमान श्रेष्ठ ,प्रहरी नायब महानिरी(डिआइजी) शैलेस थापा , स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण मिजार ,महानगरीय प्रहरी बृत्त थिमीका प्रमुख शान्तिराज कोईराला लयागतले शान्ति, सुरक्षा र स्वास्थ्यका लागि समुदाय प्रहरी साझेदारी महत्वपुर्ण रहेको बताउँदै लागि सबै मिलेर लाग्नु र जाग्नुपर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्