‘नेपाल प्रहरीको नाम अब नेकपा प्रहरी राखौँ’



न्युज अफ नेपाल, काठमाडौं ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले शान्ति सुरक्षाका सवालमा नेपाल प्रहरीको भूमिकालाई लिएर आक्रोश व्यक्त गरेको छ । आइतवाको प्रतिनिधि सभा बैठकमा बोल्दै कांग्रेसका सांसद डा. अमरेश सिंहले प्रहरीको भूमिकाबारे प्रश्न उठाउँदै नेता कार्यकर्ता कुटिँदा पनि प्रहरी रमिते बनेको आरोप लगाए।

उनले भदौ २६ गते बाँकेको खजुरामा कांग्रेस कार्यकर्तामाथि नेकपा कार्यकर्ताबाट भएको आक्रमणका क्रममा घटनास्थलमै रहेको प्रहरीले केही गर्न नसकेको भन्दै आपत्ति प्रकट गरे।

नेपाल प्रहरीको नामसमेत फेर्नुपर्ने भन्दै उनले कटाक्ष गरे। ‘नेपाल प्रहरीको नाम अब नेकपा प्रहरी राखौँ’, उनले भने, ‘घटनास्थलमा प्रहरी हुँदा पनि आक्रमण रोक्न पहल गरेन। राजनीतिक निर्देशनमा यो घटना भएको हो।’

प्रतिक्रिया दिनुहोस्