लगातार घट्दै सुनको मूल्य



न्युज अफ नेपाल, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घट्ने क्रम जारी रहेको छ ।
शुक्रबार प्रतितोला २ सयले घटेर ७० हजार ६ सयमा कारोबार भएको सुनको मुल्य आइतबार तोलामा ४ सयले घटेर ७० हजार २ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासँघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुन प्रतितोला ६९ हजार ९ सय रुपैयाँमा कारोबार भैरहेको छ ।

यस्तै चाँदीको मूल्यमा प्रतितोला ३० रुपैयाँ घटेर ८४० रुपियाँमा कारोबार भएको महासंघले जनाएको छ । शुक्रबार चाँदी प्रतितोला ८७० मा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्