भैरव नाच हेर्न बुटवलमा दर्शकको भिडभाड



यमलाल भुसाल, बुटवल ।

अर्घाखाँची जिल्लाको नेवार समुदायमा प्रचलित ऐतिहासिक एवं मौलिक ‘भैरव नाच’ अवलोकन गर्न बुटवलमा भिडभाड हुने गरेको छ ।
लोप हुने स्थितिमा रहेको सो नाचको संरक्षण र प्रवद्र्धनका निम्ति नेवार सम्पर्क समाज अर्घाखाँची–रुपन्देहीले गत वर्ष देखि बुटवलमा प्रदर्शन गदै आएकोे हो ।

विशेषगरि तान्त्रिक विधिसहित नाचिने यस नाच नेवार बाहुल्य समाजमा प्रचलित रहँदै आएको छ । नेवार समुदायको मौलिक नाचका रूपमा रहेको यो नाच अर्घाखाँचीमा कहिलेदेखि शुरू भयो त्यसको यकिन तथ्य नभए पनि पुस्तौंदेखि यो नाच नाच्ने क्रम रहेको समाजका अध्यक्ष वाबुराम श्रेष्ठले बताउनु भयो ।

शनिवार बुटवल उपमहानगरपालिका वडा नम्बर १३ नयाँ गाउमा प्रर्दशन गरिएको ‘भैरव नाच’ हेर्न हजारौ दर्शकहरुको खचाखच उपस्थिती रहेको प्रचारप्रसार समितिका संयोजक देवि कुमार श्रेष्ठले बताउनु भयो ।

एक समारोहका बीच वडा नम्बर १३का वडा अध्यक्ष नारायण पुनले ‘भैरव नाच’ को शुभारम्भ गराउनु भएको हो । सोअवसरमा अध्यक्ष पुनले पृथक शैलीको यस नाचको प्रवद्र्धन गर्न सकिएको खण्डमा आन्तरिक पर्यटनको प्रवद्र्धन हुनुका साथै नेवार समुदायको सांस्कृतिक सम्पदाको संरक्षण हुने बताउनु भयो ।

धार्मिक आस्था एवं रोचक भए पनि नयाँ पुस्ताको चासो घट्दै जाँदा यो नाच लोप हुने स्थितिमा रहेकोले यसको जर्गेना गर्न जरुरी रहेको उहाँले बताउनु भयो ।

भैरव नाच श्रीकृष्ण जन्माष्टमीको दिन शुरू गरी कात्तिक औंशीसम्म नाचिने समाजका सचिव दुर्गा प्रसाद श्रेष्ठले बताउनु भयो ।
भैरवलाई नेवार समुदायले आफ्नो इष्ट देवताका रूपमा पनि पूजा गर्ने भएको र यो तान्त्रिक विधिबाट नाच शुरू गरिने भएकाले नेवार समुदायमा भैरवको भाकल गर्ने चलन पनि छ ।

जस्तै कसैको सन्तान प्राप्ति, कुनै ‘फल’ प्राप्ति वा लक्ष्य पूरा गर्न भैरवलाई बलीसहितको पूजा वा भेटी चढाउने परम्परा रहेको छ । कार्यक्रममा विशेष अतिथीका रुपमा समाजसेवी विशाल गैरे, लक्ष्मण वेल्वासे ,क्याप्टेन हेम बहादुर राना लगाएतको सहभागिता रहेको भैरव नाच’ हेर्नका लागि नयागाउ चोकमा दर्शकहरुको उपस्थिती उत्हाजनक रुपमा रहेको थियो । भैरव नाच’ आउदो असौज ३ गते काठमाण्डौमा पनि प्रदर्शनी गराउने कार्यक्रम रहेको समाजका वाबुराम श्रेष्ठले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्