‘मन्त्री योगेश भटराईलाई आज नेपालगञ्ज एअरपोर्टमा रामधुलाई गरियो’



काठमाण्डौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई शनिबार साँझ नेपालगञ्ज विमानस्थलमा केही युवाले जहाजभित्र गाली गरेका छन् । मन्त्री भट्टराईका कारण जहाज उड्न ढिलो भएको भन्दै उनीहरुले जहाजमा बसेका मन्त्री भट्टराईलाई गालीगलौज र हप्काइदप्काई पनि गरे । नेपालगञ्जबाट काठमाण्डौ उड्न लागेको जहाजलाई मन्त्रीले एक घण्टासम्म कुराएको भन्दै उनीहरुले गालीगलौज गरेका हुन् ।

बुद्ध एयरको जहाजभित्र मन्त्रीलाई गाली गरेको भिडियो केही युवाले सामाजिक सञ्जालमा समेत राखेका छन् । सामाजिक सञ्जालमा ब्यापक भेटिने र चिर परिचित व्यक्ती ज्ञानेन्द्र शाहीले ‘मन्त्री योगेश भटराईलाई आज नेपालगञ्ज एअरपोर्टमा रामधुलाई गरियो’ भन्दै फेसबुकमा स्टाटस समेत लेखेका छन् ।

https://www.facebook.com/980364032113832/videos/2438568726421452/?t=11

मन्त्री भट्टराईले भने आफ्नो कारण जहाज १५ मिनेट मात्रै ढिलो भएको भन्दै यात्रुलाई पर्न गएको असुविधाप्रति क्षमायाचना गरेका छन् । मन्त्री भट्टराई शनिबार डल्फिन महोत्सवको उद्घाटन गर्न कैलालीको धनगढी हुँदै टीकापुर पुगेका थिए ।

शनिबार साँझ उनी नेपालगञ्ज विमानस्थलबाट बुद्ध एयरबाट काठमाण्डौ फर्किएका थिए । सो भिडियो भाइरल बनेपछि मन्त्री भट्टराईले सामाजि सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै कार्यक्रम ढिला भएको र आफु काठमाडौं फर्किनैपर्ने दवाबमा रहेका कारण केही ढिला हुन पुगेको बताएका छन् ।

उनले भने, ‘आइतबार प्रतिनिधिसभामा माननीयहरुको प्रश्नको मैले जबाफ दिने कार्यक्रम रहेको कारण काठमान्डौ फर्कनै पर्ने दबाबमा म थिए । नेपालगंज बिमानस्थलमा ३–४ जना ब्यक्तीहरु आक्रमक शैलीमा मेरा बिरुद्ध प्रस्तुत हुनुभयो । एकजनाले पारसका बिरुद्ध सातलाख हस्ताक्षर दरबारमा बुझाएर तैले हामीलाई कति दुस्ख दिएको छस् ? त्यो हामीले कहाँ बिर्सेंका छौ र ? सम्म भने ।त्यो सुने पछि उनीहरुको नियत मैले बुझिहाले । सम्पूर्ण यात्रु तथा बुद्ध एयरले देखाएको समझदारीप्रति धन्यवाद ब्यक्त गर्दछु ।’

प्रतिक्रिया दिनुहोस्