नाका जोडने दुवै सडक पहिरोले अवरुद्ध: मैलुङ स्याफ्रुवेशी सडक शनिवारबाट मर्मत शुरु



सरस्वति न्यौपाने, रसुवा । अन्तराष्ट्रिय नाकाले परिचित रसुवागढी जोड्ने राम्चे सडक खण्डको सडक भासिएपछि मैलुङ स्याफ्रुवेशी सडक शनिवारबाट मर्मत शुरु गरिएको छ ।

रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीका अनुसार मैलुङ देखि छोक्कल सम्मको सडकमा ठाउँ ठाउँमा गएको पहिरो हटाईन लागिएको हो गत २५ गते राम्चे खण्डामा फेदै देखि सडक भासिन गई आयात तथा निर्यात ठप्प भएपछि विकल्पको रुपमा मैलुङ स्याफ्रुवेशी सडक सन्चालन गर्न लागीएको हो ।

सडक खुलाउन प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारी माननिय मोहन आचार्य, माननिय प्रेम तामाङ उत्तरगया गा.पा. अध्यक्ष उपेन्द्र लम्साल गोसाईकुण्डा गा.पा. अध्यक्ष कैसाङ नुर्पु तामाङ नेपाली सेना कालि जंग गण, शसस्त्र प्रहरी नेपाल प्रहरी लगायत विभिन्न सरोकार वालाहरुको पहलमा अवरुद्ध मैलुङ स्याफ्रुवेशी सडक खण्डको मैलुङ देखि छोकल सम्मको सडकको अवरोध हटाउने काम भइरहेको छ ।

भने त्रिशुली खोलको हिम पाइप बगाएका कारण यस ठाउँमा भने केहि कठिन हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्