नेपाली फुटबल विकास गर्न हरेक स्तरको प्रतियोगिता हुनुपर्छ



हाल नेपाल यु–१८ फुटबल टोली बन्द प्रशिक्षणका लागि पोखरामा छ। नेपालमा आयोजना हुने तेस्रो संस्करणको साफ यु–१८ पुरुष फुटबल च्याम्पियनसिप तयारीका लागि राष्ट्रिय टोली बन्द प्रशिक्षणका लागि पोखरा आएको हो। त्यसैै टिमका मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठले च्याम्पियन बन्नका लागि सबै तवरबाट टिम तयार रहेको बताउनुभएको छ। उहाँले नेपाली युवा टोली कसरी सबल बनाउँदै हुनुहुन्छ र कतिको सफल हुन्छ, त्यो प्रतियोगिता शुरू भएपछि थाहा हुनेछ। उहाँसँग यही प्रतियोगिता र अन्य विषयबारे नेपाल समाचारपत्रका लागि विजय नेपालीले गर्नुभएको कुराकानी प्रस्तुत छ।

प्रशिक्षक हुन कहिलेदेखि लाग्नुभयो ?

सन् २००७ मा ‘सी‘ लाइसेन्सबाट शुरू गरेको अहिले ‘ए‘ लाइसेन्स लिएको छु। २ वर्षदेखि यु–१८ को राष्ट्रिय प्रशिक्षक भएको छु।

१२ वर्ष भयो प्रशिक्षक बनेको। सन् २०१० र २०११ मा नेपालको यु–१३ र यु–१४ को टिम लिएर इरान गएको थिएँ एसियन च्याम्पियनसिपमा त्यसबाहेक संकटा क्लब, जावलाखेल युथ क्लब हेरें फ्रेन्डस क्लबलगायतका ‘ए‘ डिभिजनका क्लब हेरिसकेको छु। ‘बी‘ र ‘सी‘ डिभिजनको क्लबलाई समेत प्रशिक्षण गराउने गरेको छु।

हाम्रो रणनीति भनेको आक्रमक हो। घरेलु मैदानको सदुपयोग गर्नुपर्छ र एड्भान्टेज लिनुपर्छ। खेलाडीलाई त्यहीअनुसार तयारी गराएको छु। प्रतिद्वन्द्वी हेरेर सोहीअनुसारको रणनीति बनाउँछौं। बढी हामीले अट्याकिङलाई नै ध्यान दिएका छौँ। गोलबिना जित हुँदैन।

यु–१८ साफ च्याम्पियनसिपको तयारी कस्तो छ ?

अहिलेको साफ च्याम्पियनसिपको तयारी गरेको डेढ महिना भएको छ। ललित स्मृति प्रतियोगिता भएको थियो।

त्यसैबाट खेलाडी छनोट गरेर ल्याएका छौं। लगातार ३ महिना ट्रेनिङ भएको हो।छनोटपछि छुट्टै ट्रेनिङ गरेको डेढ महिना भयो। राम्रै भएको छ खेलाडीले निरन्तरता नै दिएको अवस्था छ।

तेस्रोपटक उपाधि हात पार्न सक्छ नेपालले ?

अब समग्रमा भन्नुपर्दा त्यही टार्गेट लिएर हिँडेका छांै हामीले। हेरौं खेल कस्तो हुन्छ ?हाम्रो टिममा फाइनल पुग्ने सम्भावना धेरै छ किनभने पहिलाको पनि च्याम्पियन हो र अब प्रतिद्वन्द्वीका रूपमा हेरेको चाहिँ बंगलादेश र भारत छ उनीहरू हाम्रो पोलमा छैनन् अर्को पोलमा छन् जसका कारणले गर्दा सेमिफाइनलसम्मको हाम्रो यात्रा अलिकति सहज नै हो जस्तो लाग्छ तर पनि हामी सहज रूपमा लिदैनौं। जुनसुकै देशलाई पनि महत्वका साथ हेरेका छांै सहज रूपमा भने लिएका छैनौं।

यु–१८ खेल्ने खेलाडी कसरी आएका छन् ? के यु–१८ नै छनोट भएको हो ?

होइन यु–१६, यु–१७ खेल्दै यु–१८ आएका हुन् यु–१२ कोरिया, यु–१४ नेपालमै खेल्ने खेलाडी छन् र धेरै अन्तर्राष्ट्रिय अनुभव लिएका खेलाडीहरू छन्। २–४ जना भने स्थानीय खेलाडी पनि छन् उनीहरू राम्रैस्तरका छन् खेलाडी। खेलाडी निकै सेट भएका छन्।

खेलाडीको फिट्नेस कत्तिको छ ?

फिट्नेस त अहिले १००५ नै छ। अब हामीले शुरूको पहिलो र दोस्रो हप्ता फिट्नेसमा नै ध्यान दिएर ट्रेनिङ गरेका हौं।

त्यसपछि पावर वर्कसंग काम गरेर अहिले यो अवस्थामा हो। टिम सेट प्याकेज गर्दागर्दै सेट विशेषदेखि लिएर हरेक तयारी छ हाम्रो।

उपाधिनजिक पुग्दा सिनियर या जुनियर हरेकपटक भारत र बंगलादेश नै बाधक बन्छन् नि ?

बंगलादेश पनि राम्रो टिम हो योभन्दा अघिको यु–१६ को च्याम्पियन पनि हो। त्यही टिम नै यहाँ आउने हो त्यो साफ टिम नै हो।

मैले भनँे नि भारत र बंगलादेश एउटै पोलमा परेका छन् तिनीहरूको गेम हेरेर सम्भवतः भारत नै आउँछजस्तो लाग्छ। भारतले तयारीका लागि बाहिर गएर अभ्यास गरेको छ।

बंगलादेश पनि यु–१६ को विजेता तथा यु–१८ को उपविजेता भएकाले पनि मेरो विचारमा धेरै बलियो टिम आउँछन् यसपालि।

र हामीले निकै प्रतिस्पर्धाको रूपमा लिएका छांै सेमिफाइनल र फाइनलको यात्रा हाम्रो लागि कठिन हुन्छ जस्तो लाग्छ तर पनि कन्फिडेन्सका साथ तयारी गरेका छौं। मैत्रीपूर्ण खेल पनि धेरै खेलिसकेका छौं र पोखरामा पनि आदर्श क्लबसँग खेल्यौं सेट राम्रो भएको छ, अहिले।

नेपाल उपाधि हात पार्न धेरैजसो असफल देखिन्छ नि ?

राष्ट्रिय टिमको कुरा गर्दा धेरै नै गाह्रो छ साफ च्याम्पियनसिपमा पनि तर पनि हामीले तीन उपाधि जितिसकेका छांै साफमा।

एएफसी अलिकति गाह्रो हो त्यो लेभल अब हाम्रो सबै ट्रेनिङदेखि लिएर खेलाडीहरूको इन्ट्राइस्ट्रक्चरदेखि लिएर खेलाडीहरूको सुविधा अरू राष्ट्रको भन्दा निकै कम छ। यी सबै सुविधा बढाउनुपर्छ जसले गर्दा हाम्रा खेलाडीलाई राम्रो हुन्छ र ट्रेनिङ गर्दा पूर्ण रूपमा गर्न पाउँछन् र एएफसीजस्ता उपाधि हात पार्न सहज हुन सक्छ।

त्यसकारणले गर्दा मलाई चाहिँ यही कुराहरूको विकास गर्नुपर्छ भन्ने लाग्छ र अन्तर्राष्ट्रिय प्रतियोगिता पनि गर्नुपर्छ।जसले गर्दा हाम्रा खेलाडीले नतिजा राम्रो ल्याउन सक्छन्।

सिनियर टिममा पनि। जुन यो टिममा नतिजा आइरहेका छन् राम्रो पनि हुँदै गएको छ। महिला टिम पनि राम्रो हुँदै गएको छ।

धेरै अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न पाएकाले समेत अनुभव लिन सकेका छन् यो टिमलाई पनि बढी महत्तव दिएर अन्तर्राष्ट्रिय च्याम्पियनसिप खेल्न दिए र खेल्न पाए राष्ट्रिय टिमका लागि निकै राम्रो हुन्छ।

घरेलु मैदानमा आयोजना हुँदै छ कस्तो रणनीति छ ?

हाम्रो रणनीति भनेको आक्रमक हो। घरेलु मैदानको सदुपयोग गर्नुपर्छ र एड्भान्टेज लिनुपर्छ। खेलाडीलाई त्यहीअनुसार तयारी गराएको छु।

प्रतिद्वन्द्वी हेरेर सोहीअनुसारको रणनीति बनाउँछौं। बढी हामीले अट्याकिङलाई नै ध्यान दिएका छौँ। गोलबिना जित हुँदैन।

समय कम छ, मैत्रीपूर्ण खेल अन्तर्राष्ट्रियस्तरमा खेल्नुपर्ने तर स्थानीय क्लबसँग खेल भएको छ। मित्र राष्ट्रसंग खेल्दा राम्रो हुने थियो नि ?

पोखराका क्लब पनि राम्रा छन् हामीले जिल्ला लिग जितेका क्लबसँग खेल्यौं। अब कास्की ११ सँग खेल्दै छाँै।त्यहा पनि ‘ए‘ डिभिजन खेल्ने खेलाडी छन्।

मेरो विचारमा राम्रै हुन्छ र हाम्रो बाहिर जाने चाहिँ समय कम भएको कारणले हो। समय अभावले नै हो नत्र बाहिर जाने कुरा थियो।त्यहीँ भएर पोखरामा एक हप्ता ट्रेनिङ गरेर राम्रो होस् भनेर पोखरा आएका हौँ।

यहाँको वातावरण पनि राम्रो छ र हामीलाई प्राकृतिक मैदान चाहिएको भएर पनि यहाँ आएका हाँै। मैदान मिल्ने र खेलाडीलाई फ्रेस हुने किसिमले पोखरा आएका हौँ।

मनिष डाँगी कोरियाबाट खेल खेल्न नेपाल आएका छन् नि ?

मनिषको एट्याकिङ राम्रो छ, मिड्फिल्ड खेल्छन् तर हामीले फरवार्ड खेलाएका छौं, कोरियाको एकेडेमीमा ट्रेनिङ निरन्तरता छ, त्योभन्दा अघि नेपालमै ‘सी‘ डिभिजन लिग खेलेको थियो।राम्रै खेलेको थियो।

तीन खेलमा पाँच गोल गरेका थिए। हामीले यहाँ खेल हेर्दासमेत अन्य खेलाडीको भन्दा भिन्न नै देखिन्छ। र उसको कन्फिडेन्स पनि राम्रो छ।इन्टरनेसनल कन्फिडेन्स राम्रो छ।

उसले केही गर्छ मेरो विचारमा आफ्नो पर्सनालिटी पनि त्यस्तै छ गेम खेल्ने तरिकादेखि लिएर अनुशासन पनि राम्रो छ।

मनिषबाट के अपेक्षा गर्नुभएको छ ?

मनिषले पाएको गोल तीनमा दुई हान्छ।त्यो अपेक्षाचाहिँ मैले गरेको छु। उनलाई फरवार्ड नै खेलाउने सोच हो।

सेटमा नै उसैलाई खेलाउने हो।मलाई पूर्ण आशा छ।उसले पाएको अवसरमा गोल गर्छ।

बिनायोजना नै पोखरा आएको भन्ने छ नि?

त्यस्तो कुरा होइन।बाहिर जान असम्भव भएको कारणले पोखरा जाने पहिले नै योजना बनाएका हौँ, बिनायोजना होइन। यता कास्की एन्फाले मैदान तयार भएको भनेको थियो।

त्यहीँअनुसार नेपाली सेनाको ब्यारेकमा गएका थियौं तर मैदानको घाँस नकाटेका कारणले अर्को मैदान हेरेका हौं। सहाराको मैदान राम्रो छ। प्राकृतिक छ, त्यही घाँसका कारणले नै यता सिफ्ट भएको चाहिँ हो।

रिफ्रेसमेन्टका लागि पोखरा आउनुभएको हो ?

होइन, यहाँ हाम्रो फाइनल सेट तयार गर्ने र उता एक महिना ट्रेनिङ गरेका कारणले हल्का रिफ्रेसमेन्ट पनि हुन्छ भन्ने हिसाबले नै हो। स्पेसल गरेर हाम्रो फाइनल टिम बनाउने गरेर नै आएका हौँ।

पोखरामा पहिलोपटक फुटबल टिम ट्रेनिङका लागि आएको छ नि ?

पोखरामा सबै चिजको व्यवस्थापन छ। मैदान छ खेल्ने वातावरण राम्रो छ, मैदानको स्तर पनि उत्कृष्ट नै छ त्यसकारणले पनि पोखरा धेरै राम्रो छ।

फुटबल क्रेज पनि राम्रो छ।चार पाँचवटा मैदान पनि हेरेर आए स्तरोन्नति गरे निकै राम्रो हुन्छ।

फुटबलको विकासमा नेपालले के गर्न आवश्यक छ ?

सबैभन्दा पहिले त पूर्वाधारको विकास हुनुपर्यो। जुन कुरा पोखराको ठाउँ ठाउँमा देखिएको छ।बनाउन बाँकी छ। पोखरामा मात्र होइन नेपालभर नै पूर्वाधार निकै कम छ। त्यो बढाउनुपर्यो।

सबैभन्दा पहिला अनि त्यहीअनुसारको व्यवस्थापन हुँदै जान्छ।त्यसरी चाहिँ फुटबलको विकास हुन्छ। जस्तो लाग्छ मलाई। हरेक लेभलको प्रतियोगिता हुनुपर्छ।

जुन युथको ग्रासरुटदेखि लिएर सिनियरसम्मका प्रतियोगिता निरन्तर रूपमा हुनुपर्छ।वर्षमा ३–४ वटा अन्तर्राष्ट्रियस्तरका प्रतियोगितासमेत हुनुपर्छ। यसरी हुँदै गयो भने नेपालमा फुटबलको अवश्य विकास हुन्छ।

 

 

प्रतिक्रिया दिनुहोस्