सहकारीलाई कमाउने धन्दा नबनाउन मन्त्रीको चेतावनी



काठमाडौं, (नेस)।भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सहकारीलाई कमाउने धन्दा मात्रै बनाउन नहुने बताउनुभएको छ। माटोको विशेषता, बजारको आवश्यकताअनुसार सहकारीकर्मीहरू अगाडी बढ्न आग्रह गर्नुभएको हो।

काठमाडौंमा आयोजित सहकारी संस्थाको वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री अर्यालले त्यस्तो बताउनुभयो। शुभप्रवाह बचत तथा ऋण सहकारी संस्थाको १०औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री अर्यालले संस्थाको सदस्यको हितलाई पहिलो प्राथमिकता राखेर सहकारीले काम गर्नुपर्ने बताउनुभयो।

सहकारी अभियान कौशीमा भएकालाई पिंँढीमा झार्ने नभएर पिँढीमा भएकालाई कौशीमा उकाल्ने अभियान भएको भन्दै मन्त्री अर्यालले ३४ हजार ५१२ सहकारीमध्ये करिब आधा जति बचत तथा ऋण सहकारी संस्था रहेको बताउनुभयो।

त्यसैकारण अब मन्त्रालयले मर्जरको अभियान सञ्चालन गरेको भन्दै बचत तथा ऋण सम्बन्धी काम गर्ने संस्थाले पनि अब काम गर्ने तरिका बदल्ने अवस्था आएको उहाँको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्