दीपक मेनन टोस्टमास्टर्सका इन्टरनेसनल प्रेसिडेन्ट



काठमाडौं, (नेस)। नयाँ दिल्ली भारतका दीपक मेनन सञ्चार र नेतृत्व विकासमा समर्पित टोस्मास्टर्स इन्टरनेसनलका नयाँप्रेसिडेन्टमा चयन भएका छन्।

डेन्भर, कोलोराडोमा अगष्ट २१ देखि २४ तारिखसम्म आयोजना भएको संस्थाको ८८औं वार्षिक अन्तर्राष्ट्रिय सम्मेलनमा मेननलाई एक वर्ष अवधिका लागि प्रेसिडेन्टको भूमिका सुम्पिएको छ।

मेनन नयाँदिल्लीको जेपी कपुर एण्ड उबेराईका चाटर्ड एकाउन्टेन्ट हुन् र उनी ९ जना पार्टनरमध्येका एक हुन्। उनले व्यवस्थापन र अप्रेसन निरीक्षण गर्दछन्।

उनी अन्तर्राष्ट्रिय कर, क्रस बोडर ट्याक्सेसन, ट्रान्स्फर प्राइसिङ तथा डाइरेक्ट ट्याक्सका विशेषज्ञ पनि हुन्। मेनन गौरनाफामुलक संस्था कोलम्बन एन्डोमेन्ट ट्रस्टका ट्रस्टी पनि हुन्।

मेननले इन्स्टिच्यूट अफ चारटर्ड एकाउन्टेन्ट अफ इन्डियाका चार्टर्ड एकाउन्टेन्ट हुन् र इन्फरमेसन सिस्टम अडिटिङमा डिप्लोमा गरेका छन्।

मेननले नयाँदिल्लीस्थित अमेरिकन सेन्टरको सहयोगमा टोस्टमास्टर्स युथ लिडरसिपको प्रमुख संयोजकको रूपमा काम गरिसकेका छन्।

भारतको ६ वटा शहरमा करिब ७०० वञ्चित बालबालिकाहरुका लागि सञ्चार र नेतृत्व विकासमा मद्दत गरेका छन्।

उनले सेन्ट कोलम्बीया स्कुलको एल्म्युनी ओल्ड कोलम्बियन एसोसियसनमा सेक्रेटरीको रूपमा काम गरेका थिए।सन् २००६ मा अम्बी नलेज रिसोर्सेस् प्रालि नामक प्रकाशन गृह स्थापना गरेका थिए।

प्रतिक्रिया दिनुहोस्