नेपाल मजदुर किसान पार्टीको सातौं महाधिवेशन असोज ३ गतेदेखि



भक्तपुर, (नेस)। नेपाल मजदुर किसान पार्टीको सातौँ महाधिवेशन असोज ३ गतेदेखि ५ गतेसम्म भक्तपुरमा हुने भएको छ।

पार्टी अध्यक्ष नारायणमान बिजुक्छे रोहितले असोज ३ गते दिउँसो भक्तपुरको सल्लाघारीमा उक्त महाधिवेशन उद्घाटन गर्ने पार्टीले जनाएको छ।

उद्घाटनको दिन बिहान १० बजे कोटेश्वरबाट एउटा जुलुश र भक्तपुरको च्यामासिंहबाट अर्को जुलुश सल्लाघारी पुग्ने कार्यक्रम रहेको नेमकिपाको महाधिवेशन तयारी समितिले जनाएको छ।

पार्टी सचिव प्रेम सुवालले एक वक्तव्य जारी गरी पार्टीले महाधिवेशनलाई समाजवादी प्रचार अभियान र राजनीतिक कक्षाका रुपमा अघि बढाउने उल्लेख गर्नुभएको छ।

स्थापनाकालदेखि नै देशको सार्वभौमिकता र कामदार जनताको पक्षमा निरन्तर संघर्ष आएको सो पार्टीले जनाएको छ।
राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थिति जटिल रहेको अवस्थामा महाधिवेशन हुन लागेको बताउँदै पार्टी सचिव सुवालले वर्तमान सरकारले मूल्यवृद्धि र भ्रष्टाचार रोक्न नसकेको वक्तव्यमा उल्लेख गर्नुभएको छ।

 

प्रतिक्रिया दिनुहोस्