चार स्थानीय तहमा ओखर खेती बिस्तार गरिने



दार्चुला, (नेस)।दार्चुला जिल्लाका चार स्थानीय तहमा यस वर्ष ओखर खेती बिस्तार गरिने भएको छ। २०८२ सालसम्ममा जिल्लाको कुल क्षेत्रफलको ५ सय हेक्टर क्षेत्रफलमा स्याउ र ओखर खेती बिस्तार गर्ने योजनाअनुरुप यस वर्ष जिल्लाका महाकाली, शैल्यशिखर नगरपालिका र मालिकार्जुन, लेकम गाउँपालिकामा ओखर खेती विस्तार कार्यालयको लक्ष्य रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ स्याउजोन दार्चुलाका प्रमुख विष्णुप्रसाद ओझाले जानकारी दिनुभयो।

जिल्लाको कुल क्षेत्रफलमध्ये अहिले १ सय १५ हेक्टर क्षेत्रफलमा स्याउ खेती सञ्चालनमा रहेको उहाँले बताउनुभयो। जिल्लाका ब्यास, दुहुँ, नौगाड, मार्मा र अपिहिमाल गाँउपालिकामा स्याँउ खेती सञ्चालनमा रहेको उहाँको भनाइ छ।

ब्यास गाउँपालिकाको वडा नम्बर १, २ र ३, दुहुँ गाउँपालिकाको वडा नम्बर १ र २, नौगाड गाउँपालिकाको वडा नम्बर १ र २, मार्मा गाउँपालिकाको वडा नम्बर ६ र अपिहिमाल गाउँपालिकाको वडा नम्बर १, ४ र ५ नम्बर वडामा स्याउ उत्पादन हुन सक्ने सम्भावना रहेको कार्यालय प्रमुख ओझाले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्