श्रेष्ठलाई पितृशोक



काठमाडौं, (नेस)।कामना न्युज पब्लिकेसन्स्का वित्तीय निर्देशक सरोजकुमार श्रेष्ठलाई पितृशोक परेको छ। उहाँको बुबा चैनकुमार श्रेष्ठको ९१ वर्षको उमेरमा शुक्रबार निधन भएको हो।

उहाँ लामो समयदेखि मधुमेह रोगबाट पीडित हुनुहुन्थ्यो।स्व. श्रेष्ठको परिवारमा सरोजकुमार र रमेशकुमार गरी दुई छोरा तथा पाँच छोरी हुनुहुन्छ। शुक्रबारै स्व. श्रेष्ठको हिन्दू संस्कारअनुसार अन्त्येष्टि गरिएको थियो।

 

प्रतिक्रिया दिनुहोस्