विश्व प्रेस काउन्सिलको महासचिवमा श्रेष्ठ



काठमाडौं, (नेस)।विश्व प्रेस काउन्सिलको महासचिवमा प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठ निर्वाचित हुनुभएको छ। अजरबैजानको राजधानी बाकुमा सम्मेलनबाट श्रेष्ठ महासचिवमा निर्वाचित हुनुभएको हो।

यसअघि उहाँ विश्व प्रेस काउन्सिलको उपाध्यक्षमा निर्वाचित हुनुभएको थियो।विश्व प्रेस काउन्सिलको अध्यक्षमा साइप्रसका प्राडा. सुले अकर निर्वाचित हुनुभएको छ।

प्रतिक्रिया दिनुहोस्