बुद्ध एयरले १ जहाज थप्याे 



काठमाडौँ  । निजी क्षेत्रको अग्रणी वायुसेवा प्रदायक कम्पनी बुद्ध एयरले थप १ थान नयाँ एटिआर–७२ जहाज भित्र्याएको छ ।

भारतको चेन्नाईबाट उडेको सो जहाज आज दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । योसँगै बुद्धसँग १३ जहाज भएका छन् । कम्पनीसँग एटिआर–७२ जहाज ८, एटिआर–४२ जहाज ३ र बीच–१९०० ‘डी’ २ जहाज भएका छन् । बुद्धले आगामी अक्टोवर महीनामा थप अर्को एटिआर–७२ जहाज ल्याउने जनाएको छ ।

जहाज थपिए पनि हाललाई उडान सङ्ख्या थप्ने योजना नरहेको बुद्धले विज्ञप्तिमार्फत जनाएको छ । नयाँ जहाजले दशैँ अघि नै उडान थाल्ने र नजिकिएका दशैँ, तिहार र छठ पर्वका अवसरमा यात्रुलाई आवतजावत सजिलो हुने कम्पनीले उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्