काठमाडौंको नयाँ बसपार्कबाट ५६ जना पक्राउ



न्युज अफ नेपाल, काठमाडौं । काठमाडौंको नयाँ बसपार्क गोंगबु क्षेत्रबाट प्रहरीले ५६ जनालाई पक्राउ गरेको छ । असामाजिक गतिविधिमा संलग्न रहेको भन्दै महिला र तेस्रोलिंगीसहित ५६ जनालाई पक्राउ गरेको जनाएको छ ।

महानगरीय प्रहरी वृत्त महाराजगञ्जले असामाजिक, अश्लिल तथा शंकास्पद गतिविधिमा संलग्न भएकाले उनीहरुलाई पक्राउ गरेको जनाएको छ। थप अनुसन्धान भइरहेकाे प्रहरीले बताएकाे छ ।

प्रतिक्रिया दिनुहोस्