सडकको सुरक्षित प्रयोगका लागि प्रयोगकर्ता आफैं सजग हुनुपर्ने



यमलाल भुसाल, बुटवल । सूरक्षित यात्रा अभियान नेपाल र मिडिया प्लस तथा बिभिन्न रोटरी क्लवहरुको आयोजनामा सडकको सुरक्षित प्रयोग सम्वन्धी अनुशिक्षण सम्पन्न भएको छ । निर्माणाधिन बुटवल बेलहिया सडकको प्र्रयोग संगै सडक प्रयोगकर्ताहरुमा असुरक्षा भएको भन्दै उक्त अनुशिक्षण कार्यक्रम आयोजना गरिएको हो ।

उक्त अनुशिक्षण कार्यक्रममा ब्यापारीक मार्ग बिस्तार आयोजनाका ईन्जिनीयर प्रकृती पोखरेल र ५ नं प्रदेश टृाफिक प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक हुमानन्द खनाल तथा सुरक्षित यात्रा अभियान नेपालका सचिव दिनेश पाण्डेले सहजीकरण गर्नु भएको थियो । कार्यक्रममा सहजीकरण गर्दै ब्यापारीक मार्ग बिस्तार आयोजनाका ईन्जिनीयर पोखरेलले सडकको सुरक्षित प्रयोगका लागि सडक प्रयोगकर्ता आफै सजग हुन पर्ने बताउनु भयो ।

पोखरेलले नयाँ बनेको सडकको प्रयोगमा सावधानी अपनाउन नसके अत्यन्त जोखिमपुर्ण हुने बताउदै सडक ज्यान जानबाट रोक्न सामुहिक प्रयत्न आबश्यक भएको बताउनु भयो ।

५ नंम्वर प्रदेश टाफिक प्रहरी कार्यालयका प्रहरी नायव निरिक्षक खनालले सडक प्रयोगकर्ताहरुमा टाफिक नियमको पालना गर्ने बानी नवसे सम्म सडक सधै असुरक्षित भई रहने बताउनु भयो ।

खनालले सडकको सुरक्षित प्रयोगमा आफु मात्र होईन आफ्नो टोल छिमेक र अन्य सडक प्रयोगकर्ताहरुलाई समेत हुन सक्ने भयावह अवस्था बारे सचेत गराउन आग्रह गर्नु भयो ।

सुरक्षित यात्रा अभियान नेपालका सचिव दिनेश पाण्डेले सडक निर्माणले बिकासको ढोका तयार गरेको तथा सडक किनारको हरियालीले सहरलाई सुन्दर बनाएको भए पनि सडकमै नागरीकको ज्यान जादा सम्म त्यस्तो सुन्दरताले अर्थ नराख्ने बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्