स्वास्थ्य सेवालाई सर्वसाधारणको पहुंचमा पुर्याउन लागिपरेका छौः मन्त्री वराल



यमलाल भुसाल, बुटवल । प्रदेश नं ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले स्वास्थ्य सेवालाई सर्बसाधारणको पहुंचमा पुर्याउन सरकारले प्रयत्न गरिरहेको बताउनु भएको छ् ।

नेपाल औषधी व्यवसायी संघ रुपन्देहीको प्रथम साधारणसभा तथा अधिबेशनलाई शनिवार बुटवलमा सम्बोधन गर्दै उहाँले जनताको प्रत्यक्ष जिवनसंग जोडिएको स्वास्थ्य क्षेत्रलाइ जनताको पहुंचमा पु¥याउन सबैले सहकार्य गर्न जरुरी रहेको बताउनु भयो ।

उहाँले सरकार, निजि क्षेत्र र नागरिक समाज मिलेर स्वास्थ्यका क्षेत्रमा बिकास र विस्तार गर्न सकिने धारणा व्यक्त गर्नु भयो ।

यसै वर्षदेखी नै स्वास्थ्य क्षेत्रमा देखिएका सूचकहरुलाई सकारात्मक तरिकाले बृद्धी गरी सफलता हासिल गर्नतर्फ प्रदेश सरकार लागिरहेको उहाँको भनाइ थियो । मन्त्री बरालले लुम्बिनी प्रादेशिक अस्पतालको स्तरोन्नतीका लागी प्रादेशिक गौरबको आयोजनामा राखेर काम अगाडी बढाएको जानकारी दिनु भयो । कार्यक्रममा औषधी व्यवसायीहरुले घरभाडाको मनोमानी बृद्धीले मारमा परेको गुनासो गरेका थिए ।

महंगो भाडादरले व्यवसायीहरु समस्यामा परेका कारण भाडादर निश्चित गर्न उनिहरुले प्रदेश सरकारसंग माग गरेका छन । कार्यक्रममा नेपाल औषधी व्यवसायी संघका निवर्तमान अध्यक्ष बाबुराम भट्टराई, संघका सल्लाहकार रोहितराज क्षेत्री, संघका अध्यक्ष शिव ज्ञवाली, संयोजक सुरज भट्टराई लगायतले बोल्दै संघीय ढांचा अनुसार प्रदेशमै व्यवसाय दर्ता र नविकरणको व्यवस्था मिलाउन आग्रह गर्नु भयो ।

पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष यानेन्द्र जिसी र रुपन्देही व्यापार संघका अध्यक्ष पदम श्रेष्ठले जनताको जिवनसंग जोडिएको व्यवसाय भएका कारण यसलाई मर्यादित र अझै जिम्मेवार बनाउन सुझाव दिएका छन । अधिवेशनले संघले नयां नेतृत्व समेत चयन गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्