३९ लाख मानिसहरुलाई मानवीय सहयोगको आवश्यकता



संयुक्त राष्ट्रसंघ । अन्तर जातीय हिंसा बढ्दै गएपछि मालीमा ३९ लाख मानिसहरुलाई मानवीय सहयोगको आवश्यकता रहेको देखिएको छ ।  मानवीय अवस्था बिग्रँदै गइरहेकोले सहयोग अत्यावश्यक भएको संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले बताउनु भएको छ ।

यस वर्षको सुरुदेखि नै मानवीय सहयोगको आवश्यकता पर्ने व्यक्तिको संख्या २२ प्रतिशतले वृद्धि भएको थियो । त्यो अनुपात अहिले पाँच मध्ये एक जना बाँच्नको लागि अन्तर्राष्ट्रिय सहयोगमा निर्भर रहनु पर्ने अवस्थामा पुगेको गुटेरेसका प्रवक्ता स्टेफन दुजारिकले नियमित पत्रकार सम्मेलनका क्रममा बताउनु भयो ।

जुलाईको अन्त्यसम्म आन्तरिक रुपमा विस्थापित भएका व्यक्तिको सङ्ख्या दोब्बर भएर १ लाख ७० हजार पुगेको छ । अहिले पनि १० लाख भन्दा बढी मानिस गम्भीर रुपमा खाद्य असुरक्षको खतरामा परेको दुजारिकले बताउनु भएको छ। माली २०१२ पछि राजनीतिक र सुरक्षा अवस्था बिग्रँदै गइरहेको छ भने धेरै नागरिक जातीय हिंसाबाट पीडित भएका छन ।

रासस/सिन्ह्वा

प्रतिक्रिया दिनुहोस्