बालदिवसमा विविध कार्यक्रम



न्यूज अफ नेपाल, काठमाडौं । ‘सुनिश्चित बाल अधिकार: सम्वृद्ध नेपालको आधार’ भन्ने मुल नाराका साथमा यो वर्षको बाल दिवस मनाइदैछ । यही अवसर पारेर नेपाल मानव धर्म सेवा समितिले आफ्नो कार्यालय परिसर गौशालामा शनिवार विभिन्न कार्यक्रम आयोजना गरेको छ ।

संस्कार युक्त बालदिवस मनाउने उद्देश्यका साथ समिति तथा विभिन्न संघसस्थामा आवद्ध बालबालिकालाई एकै ठाउँमा भेला पारेर दिवस मनाइएको हो ।

सानै देखि योग साधनाको अभ्यास गराउन सके भविश्यमा स्वस्थ नागरिक बन्ने विश्वासका साथ कार्यक्रममा सन्त महात्माले बालबालिकालाई योग तथा साधनाको अभ्यास गराए । कार्यक्रममा बालबालिकाले गीत, नाटक, नृत्य प्रस्तुत गरे ।

बालबालिकाको विकास, संरक्षण, स्वास्थ्य र सहभागिता जस्ता विभिन्न अन्तर्राष्ट्रिय प्रतिवद्धता पुरा गर्न हरेक वर्ष भदौ २९ गते नेपालमा बाल दिवस मनाउने गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्