चार स्थानिय तहमा ओखर खेती बिस्तार गरिने



न्युज अफ नेपाल, दार्चुला ।
दार्चुला जिल्लाका चार स्थानिय तहमा यस वर्ष ओखर खेती बिस्तार गरिने भएको छ । २०८२ साल सम्ममा जिल्लाको कुल क्षेत्रफलको ५ सय हेक्टर क्षेत्रफलमा स्याँउ र ओखर खेती विस्तार गर्ने योजना अनुरुप यस वर्ष जिल्लाका महाकाली, शैल्यशिखर नगरपालिका र मालिकार्जुन, लेकम गाउँपालिकामा ओखर खेती विस्तार कार्यालयको लक्ष्य रहेको प्रधानमन्त्रि कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वय ईकाइ स्याँउजोन दार्चुलाका प्रमुख विष्णु प्रसाद ओझाले जानकारी दिनुभयो ।

जिल्लाको कुल क्षेत्रफल मध्ये अहिले १ सय १५ हेक्टर क्षेत्रफलमा स्याँउ खेती संचालनमा रहेको उहाले बताउनुभयो । जिल्लाका ब्याँस, दुहुँ, नौगाड, मार्मा र अपिहिमाल गाँउपालिकामा स्याँउ खेती संचालनमा रहेको उहाको भनाई छ । ब्याँस गाउँपालिकाको वडा नम्बर १, २ र ३, दुहुँ गाउँपालिकाको वडा नम्बर १ र २, नौगाड गाउँपालिकाको वडा नम्बर १ र २, मार्मा गाउँपालिकाको वडा नम्बर ६ र अपिहिमाल गाउँपालिकाको वडा नम्बर १, ४ र ५ नम्बर वडामा स्याँउ उत्पादन हुन सक्ने सम्भावना रहेको कार्यालय प्रमुख ओझाले जानकारी दिनुभयो ।

यसैगरी जिल्लाको महाकाली नगरपालिकाको वडा नम्बर ३, ६ र ९, शैल्यशिखर नगरपालिकाको वडा नम्बर १, ५, ६, ७ र ८, मालिकार्जुन गाउँपालिकाको वडा नम्बर २ र ५ र लेकम गाउँपालिकाको वडा नम्बर ४ र ५ मा ओखर खेतीको मुख्य सम्भावना रहेको उहाले जानकारी दिनुभयो । यस वर्ष अपिहिमाल गाउँपालिकामा मात्रै ५ सय किलोग्राम स्याँउ उत्पादन भएको उहाको भनाई छ । जिल्लाको १ सय १५ हेक्टर क्षेत्रफलमा १४ हजार २ सय गोल्डन रेड डेलिसियस र ७ सय गाला र फुजी जातका स्याँउका विरुवा रोपेर उत्पादन सुरु गरेको उहाले बताउनुभयो ।

यसै वर्ष कार्यालयले कृषि अनुसंधान ‐शिक्षा‐प्रसार, स्थलगत तालिम, क्षमता आभिबृद्धी तालिम, परियोजना अभिमुखीकरण गोष्ठी, योजना तर्जुमा गोष्ठी, स्थानीय तहका पदाधिकारीहरु संग अन्तरकृया, बजार व्यवस्थापन सम्बन्धि अन्तरक्रिया, बार्षिक कार्यक्रम पुस्तिका एवं प्रोफाइल अपडेट, मेला र महोत्सवमा सहयोग गर्ने लगायतका कार्यक्रम समावेश गरी कार्योजना तयार पारेको उहाले बताउनुभयो । कार्यक्रम संचालनका लागी यस वर्ष १ करोड ५१ लाख ४० हजार विनियोजन भएको उहाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्