कंगोमा रेल दुर्घटना, ५० जनाको मृत्यु, २३ घाइते



काठमाडौं । कंगोको ताङगणन्यिक प्रान्तको मायिबारीदीमाबिहीबार भएको एक रेल दुर्घटना मा कम्तीमा ५० जनाको मृत्यु भएको छ ।

स्थानीय समय अनुसार बिहान ३ बजेतिर रेल दुर्घटना भएको हो ।कंगोका मानवीय सहायता मन्त्री स्टेभ एमबिकायीले दुर्घटनाको पुष्टि गर्दै कम्तीमा ५० जनाको मृत्यु भएको जनाएका छन् ।

दुर्घटनामा २३ घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको संख्या थप बढ्न सक्ने इन्डिपेन्डेन्टले जनाएको छ ।

कङ्गोमा रेल मार्गको अवस्था अत्यन्त कमजोर रहेको कारण रेल यात्रा असुरक्षित मानिन्छ । खराब अवस्थाको रेल मार्गका कारण धेरै दुर्घटना हुने र धेरै जनाको ज्यान जाने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्