गोकार्ट रेसमा एम्सकी सुनिता विजयी



नेपाल समाचारपत्र, ललितपुर। भारतको बैंगलोरमा सम्पन्न महिला बाइकिङ स्यालोम विजेता सुनिता देशारलाई एम्स इन्टरनेसनल कलेज लगनखेलले सम्मान गरेको छ।

भारतको बैङ्लोरमा सम्पन्न गोकार्ट नेसनल च्याम्पियनसिपअन्तर्गत महिला बाइकिङ स्यालोममा देशारले भारत, श्रीलंका र नेपालका चालीस प्रतिस्पर्धीलाई पराजित गरेर विजेता बनेकी हुन् ।

जेके टायर्सको सर्पोटमा भएको खेलमा उनी विजय हुनु नेपालका लागि गर्वको विषय भएको कलेजका प्राचार्य टीआर ढकालले बताउनुभयो।

नेपालकी महिला नेसनल राइडर देशार नेपाल अटोमोबाइल एसोसिएसनले आयोजना गरेको प्रतियोगितामा ५ जना छनोट भएका थिए। नेपालबाट दीक्षा गौतम, आयुषा शाक्य, नितु श्रेष्ठ, र आकृति बेलवासे छनोट भएका थिए।

नेपाल र सार्क राष्ट्रका ४० जनालाई प्रतिस्पर्धामा विजयी हासिल गरेका थिए। उनी छनोट भएर बैङ्लोर स्पर्धामा छानिएकी थिइन्। ‘नयाँ ठाउँमा गएर प्रतिस्पर्धा गर्दा आफूले राम्रो गर्न सकेकोमा देशारले खुसी प्रकट गरेकी छिन्।

ठूलो चुनौती सामना गरेको भन्दै उनले नेपाल समाचारपत्रलाई बताइन्।’ –अनुभव बढ्यो, लेडी राइडरमा पहिलोपटक अवार्ड जितेको छु, यसलाई अझै निखार ल्याउने प्रयास गर्नेछु।

यसअघि सन् २०१७ मा सम्पन्न राष्ट्रव्यापी प्रतियोगितामा बाइक रेसिङमा तेस्रो भएर रेशनारी उपाधि प्राप्त गरेकी थिइन्।

देशार एम्स इन्टरनेसनल कलेज, लगनखेलमा बीए तेस्रो वर्ष अध्ययनरत छिन्। नेपालमा गोकार्टका सर्वोत्कृष्ट भएको सम्भवतः यो पहिलो हो।

कलेजका कोअर्डिनेटर सुनिल महर्जनले एम्समा अध्ययनरत विद्यार्थीले गरेको यस्तो प्रगतिले नेपालकै नाम उच्च राखेको बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्