थ्री स्टार विजयी



काठमाडौं, (नेस)। थ्री स्टारले प्रथम बीबीबीएचएस अन्तरविद्यालय छात्र फुटबल प्रतियोगितामा बिहीबार जित हात पारेको छ।

थ्री स्टारले आयोजक बाल विकास बोर्डिङ मावि (बीबीबीएचएस) ‘ए’ लाई ३–० गोलले पराजित गर्यो।

थ्री स्टारका मनोज गुरुङ, होमबहादुर थापा र युवास लामाले १–१ गोल गरे।

अन्य खेलमा सेन्ट जेभियर्स, ध्रुवतारा र टीआईएले जित हात पारे। सेन्ट जेभियर्सले शिशु मिलनलाई ४–१ गोलले हरायो।

प्रतिक्रिया दिनुहोस्