रत्नजित र दीपेश अन्तिम चारमा



काठमाडौं, (नेस)। सेनाका रत्नजित तामाङ र राष्ट्रिय च्याम्पियन एपीएफका दीपेश धामी आ–आफ्ना प्रतिद्वन्द्वीलाई पराजित गर्दै अन्तिम चारमा स्थान बनाउन सफल भएका छन्।

तामाङले पुलिसका सुनिल जोशीलाई २१–१०, २१–१३ ले पराजित गरे। अब उनले फाइनल प्रवेशका लागि सेनाकै नवीन श्रेष्ठको सामना गर्ने भएका छन्।

नवीनले आफ्नै क्लबका प्रफुल महर्जनलाई १३–२१, २१–११, २१–१५ ले पाखा लगाए।
यस्तै एपीएफका दीपेशले सेनाका रुकेश महर्जनमाथि २१–१६, २१–१६ को जित निकाले।

सेमिफाइनलमा धामीको भिडन्त पूर्वराष्ट्रिय च्याम्पियन भोजपुरका विकास श्रेष्ठसँग हुने भएको छ। विकासले पुलिसका जीवन आचार्यमाथि २१–७, १८–२१, २१–११ को जित निकाले।

 

 

 

प्रतिक्रिया दिनुहोस्