प्रधानसेनापति ट्रफीको समापन



नेपाल समाचारपत्र, काठमाडौं। जंगी अड्डास्थित खेल मैदानमा प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले ‘प्रधानसेनापति ट्रफि खेलकुद प्रतियोगिता २०७६’ को एक विशेष समारोहका बीच बुधबार समापन गर्नुभएको छ।

उक्त अवसरमा प्रधानसेनापति महारथी थापाले प्रतियोगितामा पृतना तथा बाहिनीतर्फको समग्र खेलकुदमा शीर्ष तीन टोली क्रमशः नं.१६ बाहिनी अड्डा, मध्य पृतना हे.क्वा. तथा उपत्यका पृतना हे.क्वा.लाई नगद तथा ट्रफी प्रदान गर्नुभएको थियो।

उहाँले समापन समारोहमा आयोजित प्रतियोगिताको फाइनल खेलमा प्रथम स्थान हासिल गर्न सफल जगदल गण, द्वितीय हुने विष्णुदल गण र तृतीय हुने कालीबहादुर गणका खेलाडीहरूलाई ट्रफी, प्रमाणपत्र र पदक प्रदान गर्नुभएको थियो।

साथै गणतर्फको खेलकुदमा समग्रमा प्रथम, द्धितीय र तृतीय स्थान हासिल गर्न सफल क्रमशः जगदल गण, पुरानो गोरख गण र नं.१ जगदल गणलाई ट्रफी तथा नगद पुरस्कार प्रदान गर्नुभएको थियो।

सोही क्रममा प्रधानसेनापति थापाले वर्षभरिका उत्कृष्ट पुरुष तथा महिला खेलाडीहरू क्रमशः हङकङमा सञ्चालन भएको द नर्थ फेस रेसमा अन्तर्राष्ट्रिय रेकर्डसहित स्वर्ण पदक, हङकङमै सञ्चालन भएको अर्को रेसमा रजत र सोलुखुम्बुमा सञ्चालन भएको एभरेस्ट एक्सट्रिम अल्ट्रा रेसमा कास्यपदक जित्ने सफल भएका एथ्लेटिक्स खेलाडी जमदार पूर्ण तामाङ तथा गणेशमान खुल्ला बक्सिङ प्रतियोगिता र आठौं राष्ट्रिय खेलकुदमा स्वर्ण तथा इन्द्रमाया अन्तर्र्राष्ट्रिय बक्सिङ प्रतियोगितामा रजत पदक जित्न सफल बक्सिङतर्फका महिला खेलाडी अमल्दार पुनम रावललाई ‘अजय बल सम्पन्न गर्दै ट्रफी’ तथा नगद पुरस्कारसमेत प्रदान गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्