टाटा एच फाइभ विराटनगरमा



नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले बहुप्रतिक्षित प्रिमियम एसयूभी टाटा एच फाइभ गोएल मोटर्स प्रालिमार्फत विराटनगरमा सार्वजनिक गरेको छ।

भारतीय बजारमा टाटा ह्यारियर भनिने टाटा एचफाइभको मूल्य नेपाली बजारमा शुरूवाती मूल्य ५६ लाख ५५ हजार रुपियाँ तोकिएको छ।

नेपाली बजारमा टाटा एच फाइभको बुकिङ केही दिनअघि खुला गरिएको हो। बुकिङ खुल्ला भएयता टाटा एच फाइभबारे बुझ्नका लागि सम्भावित खरिदकर्ताबाट इन्क्वायरीहरू आइरहेको साथै सकारात्मक प्रतिक्रियाहरू प्राप्त भइरहेका छन्।।

सिप्रदीले टाटा एच फाइभले नेपाली एसयूभी बजारमा आमूल परिवर्तन ल्याउने र नेपाली एसयूभी पारखीले आकर्षक बनावट तथा खराब बाटोमा पनि उच्च प्रदर्शन तथा राम्रो कन्ट्रोल गर्न सक्ने टाटा एच फाइभलाई मन पराउने विश्वास व्यक्त गरिएको छ।

क्रियोटेक २ लिटर टर्बाे डिजेल इन्जिनयुक्त टाटा एच फाइभ भारतीय बजारमा निकै चर्चित छ। एच फाइभमा रहेको इन्जिनले १३८ बिएच पावर र ३५० एनएम टर्क जेनेरेट गर्छ।

टाटा एच फाइभ ल्यान्डरोवरको डि एट प्लेटफर्ममा निर्माण गरिएको गाडी हो। आकर्षक रहेको टाटा एच फाइभमा पुश बटन स्टार्टस्ट जस्ता विशेषत रहेका छन्।

 

प्रतिक्रिया दिनुहोस्