बजाजको नयाँ शोरुम अब जाजरकोटमा



नेपालका लागि बजाज मोटरसाइकलको अधिकृत वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले जाजरकोटमा पूर्ण सुविधा सम्पन्न नयाँ शोरुम रमेश अटो सप्लायर्स एण्ड सर्भिसिङ सेन्टरको उद्घाटन गरेको छ।

नेपालमा सबैभन्दा अधिक बिक्री हुने र विश्वाशिलो अटो मोबाइल ब्रान्ड बजाजले अझ बढी सुविधा सम्पन्न बजाज सेल्स, सर्भिस र स्पेयर्स देशभर उपलब्ध गराउने उद्देश्यले जाजरकोटमा पनि शोरुम सञ्चालनमा ल्याएको छ।

यस उद्देश्यलाई सार्थक बनाउन रमेश अटो सप्लायर्स एन्ड सर्भिसिङ सेन्टर, जाजरकोटका प्रोपराइटर रमेश केसीलाई डिलरसीप प्रदान गरेको छ।बजाज ग्राहकहरूले खरिद गरेको सामग्रीको अधिकतम मूल्य प्रदान गर्न सधै प्रतिबद्ध रहेको छ।

नयाँ शोरुमले ग्राहकलाई बाइकको स्पेयर्स पार्टस् तथा एसेसरिज खरिदका लागि सहज बनाउने छ। यसैको माध्यमबाट बजाजलाई आफ्नो बिक्रीलाई थप सशक्त बनाउन सहयोग पुग्नेछ। बजाजले देशभरका ग्राहकलाई गुणस्तरीय र छिटो सुविधा पुर्याउने प्रयास गरिरहेको छ।

नयाँ शोरुम शुभारम्भ गर्दै हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिका जनरल म्यानेजर योगेन गुरुङले भन्नुभयो–‘हामी जाजरकोटमा नयाँ शोरुम उद्घाटन गर्न पाउँदा निकै प्रशन्न छौं।

हाम्रा ग्राहक निरन्तर वृद्धि भइरहनु भएको छ र उहाँलाई पूर्ण सन्तुष्टि र सुविधा प्रदान गर्नु हाम्रो जिम्मेवारी हो।

जाजरकोटमा यो नयाँ शोरुम विस्तारसँगै, हामीले आशा गरेका छौं कि यसले ग्राहकको जीवन सहज बनाउनुका साथै उनीहरूले बजाज मोटरसाइकलको नयाँ अनुभव बटुल्ने अवसर प्राप्त गर्नेछन्।’

प्रतिक्रिया दिनुहोस्