एनआईसी एसिया बैंकका तीन शाखा थप



एनआईसी एसिया बैंकको तीन नयाँ शाखा खुलेका छन्। बैंकले मोरङको विराटनगर मेनरोड र रोडशेष शाखा विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले उद्घाटन गर्नुभयोे।

त्यस्तैगरी विराटनगर हाटखोलास्थित हाटखोला शाखाको उद्घाटन मोरङका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले गर्नुभयो।

यससँगै बैंकको २९८ शाखा कार्यालय, ३५४ एटीएम, ५८ वटा एक्स्टेन्सन काउन्टर एवम् ४१ वटा शाखारहित बैंकिङमार्फत् बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

गत आर्थिक वर्षमा करिब ३ अर्ब १५ करोड रुपियाँभन्दा बढी राजस्व सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रोल्पा, रुकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको न्यून उपस्थिति रहेका दुर्गम जिल्लामा तथा कुनै पनि बैंक तथा वित्तीय संस्था नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ।

प्रतिक्रिया दिनुहोस्