६६ वटै प्रदेश निर्वाचन क्षेत्रमा उद्योगग्राम



हेटौंडा, (नेस)।प्रदेश–३ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरूणकुमार नेपालले प्रदेशका ६६ वटै प्रदेश निर्वाचन क्षेत्रमा उद्योगग्राम निर्माण गरिने बताउनुभएको छ।

उहाँले २ वर्षभरमा सबै क्षेत्रमा उद्योग पुर्याउने प्रदेश सरकारको तयारी रहेको बताउनुभयो। सिन्धुली र मकवानपुरको मनहरीमा औद्योगिक क्षेत्र निर्माण शुरू हुने उहाँको भनाइ छ।

बिहीबार हेटौंडामा भएको प्रदेशस्तरीय लघु, घरेलु तथा साना उद्योगको वर्तमान अवस्था–अवसर र चुनौती विषयक गोष्ठीमा मन्त्री नेपालले देशमा समृद्धि आउन गफ होइन, काम गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले समृद्धि हाम्रै भूगोल र हाम्रै प्रदेशमा खोज्नुपर्ने

बताउनुभयो। बाहिरी देशमा खोजेर नेपालमा समृद्धि नआउने उहाँको दाबी छ।साना तथा घरेलु उद्योगलाई एकीकृत गरी एकै स्थानमा उद्योग सञ्चालन गर्नेतर्फ प्रदेश सरकार लागिपर्ने उहाँको भनाइ छ। मन्त्री नेपालले उद्यमशीलताको प्रवृत्ति विकास गर्नेतर्फ लाग्न आग्रह गर्नुभयो।

 

प्रतिक्रिया दिनुहोस्