मलेसियामा रोजगारीका लागि बाटो खुल्यो



????????????????????????????????????

काठमाडौं, (नेस)।नेपाल र मलेसिया सरकारबीच भएको श्रम समझदारी कार्यान्यवन हुने भएको छ।नेपाल सरकार र मलेसिया सरकारबीच भएको श्रम सम्झौता (एमओयु) अनुसार अब नेपाली युवा पुनः वैदेशिक रोजगारीमा मलेसिया जान पाउने भएका हुन्।

अघिल्लो वर्ष जेठ २ गतेदेखि बन्द रहेको मलेसिया रोजगारी खुलाउन मलेसियन उच्च अधिकारीसहित नेपालका तर्फबाट श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव रामप्रसाद घिमिरेको नेतृत्वमा परराष्ट्र र कानुन न्याय तथा संसदीय मन्त्रालयका प्रतिनिधिसहितको टोली गत सोमबार मलेसिया गएको थियो।

मलेसियाको क्वालम्पुरमा तीन दिनदेखि चलेको दुवै देशको प्राविधिक कमिटीको बैठकमा नयाँ समझदारीमा श्रमिक आपूर्ति गर्ने सम्झौता भएको हो। नेपाल र मलेसिया सरकारबीच गत वर्षको कात्तिक १२ गते श्रम सम्झौता भएको थियो।

‘नयाँ समझदारी अनुसार कामदार लैजाने विषयमा मलेसिया सरकारसँग सहमति भएको छ,’ नेपालका तर्फबाट बैठकको प्रतिनिधि श्रम मन्त्रालयका सहसचिव घिमिरेले बताउनुभयो। तीन दिनसम्म चलेको बैठक बिहीबार टुंगो लागेको हो।

नयँँ श्रम सम्झौता प्रभावकारी भएमा एक साताभित्रमा नै एमओयुको नयाँ प्रावधानअनुसार नेपाली मलेसिया वैदेशिक रोजगारीमा जान पाउनेछन्।

रोजगारीका लागि मलोसिया जाने नेपाली कामदारले कुनै पनि शुल्क तिर्नु पर्दैन। सम्पूर्ण लागत मलेसिया सरकारले नै बेहोर्ने छ।

प्रतिक्रिया दिनुहोस्